कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कपिलवस्तुमा लोकप्रियता बढेको नेताहरुले दाबी गरेका छन् । कपिलवस्तुमा पालिका चुनाव २०७९ मा प्राप्त मत राम्रो दखिएको भन्दै नेताहरुले राप्रपाप्रति जनताको आस्था बढेको दाबी गरेका हुन् । ठुला दलका उम्मेदवारले सत्ता, शक्ति र व्यापक पैसाको चलखेल र किनबेच गरेको राप्रपाका नेताहरुले आरोप लगाएका छन् । यस्तो परिस्थितिमा पनि राप्रपाका उम्मेदवारले आफनो सशक्त उपस्थिति देखाएको र विजयबाट राप्रपाको लोकप्रिय बढेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका १० पालिकाका मध्ये राप्रपाले शिवराज नगरपालिकामा मेयर र कृष्णनगर नगरपालिकामा एक वडाध्यक्षसहित ६ वडा सदस्यमा जित हासिल गरेको छ ।
कृष्णनगर नगरपालिकामा राप्रपाका उम्मेदवार मेयरमा दोर्स्रो, बाणगंगा नगरपालिकामा लोकप्रिय मत आधारमा एमाले, काग्रेसपछि तेस्रो, बुद्धभुमि र कपिलवस्तु नगरपालिकामा र अन्य पालिकामा चौथो, पाँचौ र सशक्त उपस्थित र करिव ४ वडामा झिनो मतान्तरले राप्रपाका उमेदवार पराजित भएको परिणामले पनि कपिलवस्तुमा राप्रपाको लोकप्रियता बढाएको देखाएको छ । तर शुद्धोधन गाउँपालिकामा भन्ने पहिले जितेको वडा गुमाउन पुगेको भए पनि पार्टिमा धरै युवाहरु पार्टिको नेतृत्वमा स्थानिय तहमा उपस्थित रहेको र स्थानिय निर्वाचन लगतै ठुलो समुहमा एमाले, काग्रेस, माओवादि र मधेश केन्द्रित दलबाट पार्टि प्रवेशको तयारी रहेको केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो ।
उहाँले संघ र प्रदेशको निर्वाचनमा राप्रपा कपिलवस्तुमा प्रमुख शक्तिको रुपमा स्थापित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको स्थानीय तहको निर्वाचनले कपिलवस्तुमा राप्रपाको जनमत बढेको देखायो, आगामी संघ र प्रदेशको निर्वाचनमा जिल्लामा प्रमुख शक्तिको रुपमा स्थापित हुन्छौ ।’