दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

आईजीपी सिंह र एआईजी रवीन्द्र धानुकको म्याद तामेल

0

 

एआईजीपी बढुवाविरुद्धको रिटमा प्रत्यर्थी रहेका आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल गरिएको छ । सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका हुन् ।

२०७८ चैत १७ मा ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले आफूभन्दा जुनियरलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनका प्रत्यर्थी बसन्त कुमार पन्त अवकाशमा गएका छन् । पूर्व एआईजी पन्तको म्याद तामेल हुन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘आईजीपी सिंह र एआईजी धानुकको म्याद तामेल भएर आएको छ ।’बसन्त पन्तको म्याद प्रहरी प्रधान कार्यालयको सहयोगमा इमेलमार्फत तामेल गर्ने प्रयास भइरहेको प्रवक्ता पौडेलले बताए । जेठ १७ मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालले ७ दिनभित्र म्याद तामेल गराउन आदेश गरेका थिए ।एआईजी बढुवा विवाद र मन्त्रिपरिषद्ले आईजीपीमा धिरज प्रताप सिंहलाई नियुक्ति गरेको विरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दामा जेठ ३० मा सँगै सुनुवाई हुँदै छ ।

mayadavi
Comments
Loading...