पशुपति गिरी
कपिलवस्तु ,जेठ२०।
बाणगङ्गा ८ बोडगाउँ मा रहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युट मा आज English Typing completion भएको थियाे ।उक्त English Typing completion मा ७४ जना सहभागी भएकाे ईन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो । जस्मा प्रथम स्थानमा विशाल पाैडेल ,दाेस्राे स्थानमा दिपेश न्याैपाने र तेस्रो स्थान मा राेहित बि.क भएका थिए। एस.इ.इ दिएर बसेका नयाँ विद्यार्थीहरु रहेका थिए।एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विषयका कक्षाहरू सुरु भएको ईन्स्टिच्युटका डाइरेक्टर शर्माले जानकारी दिनुभयो । परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेकाे ईन्स्टिच्युट ले जनाएको छ ।
बिगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको डाइरेक्टर शर्माले बताउनु भयो ।ईन्स्टिच्युटले बिगत दुई बर्ष यता जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ । उज्यालो आवाज सङ्गको कुराकानीमा डाइरेक्टर शर्माले भन्नु भयो ” अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं। गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो