चेतन बिष्ट, कपिलवस्तु ।
देशकै ठुलाे नगरपालिका शितगंगा नगरपालिका वाड ६ साबिक कल्लेरिमा शैक्षिक सुधार कार्यक्रम अन्तरगतको श्री धर्म आधारभुत बिद्यालयको ४ काेठे भबनकाे सिल्यानास भएको छ ।
आज विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तिलकराम न्यौपाने, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा भवनको सिल्यानास गरिएको हो ।
उक्त ४ काेठे भबन निर्माणको लागि ३६ लाख रुपैयाँ बराबरको बजेट परेको प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालयको लागी निक्कै आवस्यक रहेको भवन निर्माण हुने भएपछि स्थानिय बासी र बिद्यालय परिवार खुसि भएको छ ।