दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

नेपाली नागरिकलाई कुटपिट गरि लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ

0

कैलाली । कैलालीको गोदावरी नगरपालिका ४ काे गाईमारे भन्ने ठाउँमा नेपाली नागरिकलाई लुटपाट गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले आज साेमवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनीहरूलाई गोदावरी नगरपालिका १ काे ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको हो ।

जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेल्धुराको आलिताल जाँदै गरेका वेदकोट नगरपालिका ३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत लोकेन्द्रसिंह भण्डारीले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारलाई भीमदत्तबाटै त्यही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी चढेका तीन जना भारतीयले भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।

भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी उनकाे साथमा रहेको एक थान मोबाइल, पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएका बताइएको छ ।

mayadavi
Comments
Loading...