दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

पत्रकारहरु अध्ययनशिल भएर अनुसन्धानमुलक समाचार लेखन र प्रसारण गर्नुपर्ने

0

कपिलवस्तु । 
नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारहरु अध्ययनशिल भएर अनुसन्धानमुलक समाचार लेखन र प्रसारण गर्नुपर्ने  बताउनुभएको छ । उहाले प्रेस चौतारीमा आबद्ध सदस्यहरु जबज, माक्सवाद र पार्टीको निती सिद्धान्तको गहन रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याउनुभयो । जननेता मदन भण्डारीको ७१ औं स्मृती दिवसको अवसरमा प्रेस चौतारी नेपाल कपिलबस्तुले आयोजना गरेको जनताको वहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तर सम्वादमा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाले कम्युनिष्ट आन्दोलनमा एक अलग किसिमको धारको सृजना भएको बताउर्दै विभिन्न मानव अधिकारको विषयलाई संरक्षण गर्ने विषयबस्तुलाई उठाउन आग्रह समेत गर्नुभयो ।

 

यस्तै कार्यक्रममा पार्टीका जिल्ला प्रचार तथा प्रसार विभाग प्रमुख एल पि बेल्बासेले जबजको सिद्धान्त नेपाली जनतालाई हित हुने किसिमको रहेको बताउदै यस सिद्धान्तलाई मनन गरी जनतालाई फाईदा पुग्ने समाचार सम्प्रेषणमा प्रेस चौतारीका सदस्यहरु पछि पर्न नहुने उल्लेख गर्नुभयो । यसैगरी प्रेसचौतारीका केन्द्रिय सदस्य तथा प्रदेश सहइन्र्चाज पार्वती पाण्डेले बोल्दै समाजवादको आधार तयार गर्दै सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउन समाज र राष्टलाई हित हुने विषयमा कलम चलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा प्रेस चौतारीका पुर्वअध्यक्ष भेषराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्त देश,राष्ट, र जनताको जनजिविकाको सवालमा एकदम महत्पुर्ण रहेको औल्याउनुभएको थियो ।

प्रेस चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तव्य, सदस्य सरिता थारुको संचालन भएको कार्यक्रममा प्रदेश सदस्य पार्वती आचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारीमा आबद्ध सदस्यहरुको उपस्थीती रहेको थियो ।

mayadavi
Comments
Loading...