बुटवल ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवं सासंद सुदर्शन बरालले जानकारी दिए ।
‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ । ’– कुराकानी गदै बरालले भने । गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ ।