सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो 

0

काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। यो सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी हवल्दार विषम कुँवरले जानकारी दिए।

लगातारको अविरल वर्षा र पहिरोले सडक अस्तव्यस्त बनेको छ। अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा नरोकिँदा बाटो खुलाउन समस्या भएको वरिष्ठ प्रहरी हवल्दार कुँवरले बताए।

Comments
Loading...