झलनाथ : सनकमा संसद् भंग गर्दा सबैले झापड खाइयो
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद् जनताको आवाज राख्ने थलो भएको बताएका छन्।
६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जनताबाट निर्वाचित प्रतिनिधिहरूको संस्थालाई सही ढंगले सञ्चालन गर्न सक्नुपर्ने बताए।
उनले भने, ‘आजको दिन राष्ट्रमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा पनि महत्वपूर्ण भूमिका छ। जनताको आवाज र विकास निर्माणको थलो संसद हो। कहिलेकाहीँ हाम्रो पार्टीका नेताहरूलाई रिस सनक चल्छ, उठ् संसद् नै भंग गर्नुहुन्छ। अनि संसद नै चल्न दिइँदैन। जनता र राष्ट्रको आवाज उठाउनुपर्छ। जनताबाट निर्वाचित भएर आइएको छ।’
नेताहरूकै सनकको कारणले गैरसंसदीय प्रवृत्ति विकसित भएको दाबी गरे।
‘हालैको निर्वाचनमा पनि दलीयतालाई भन्दा निर्दलीयताले स्थान पाएको छ। यसले दलीय प्रवृत्तिविरुद्ध झापड सुरु भइसकेको छ। पार्टी र सरकारले ठिक ढंगले नचलेपछि यो अवस्था आएको हो’ उनले भने। संविधानअनुसार चलेको भए अहिलेको समस्या नै नआउने बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवाद मिलाउन नसकेपछि आवेगमा आएर दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका थिए। यद्यपि, सर्वोच्च अदालतको परमादेशले पुनस् संसद् ब्युँतिएर शेरबहादुर देउवाको नेतृतवमा सरकार बनेको छ भने हाले नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ।