काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सरेको छ। आज बिहान ११ बजेबस्ने गरी बोलाइएको बैठकभोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
गएको आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा माओवादीको बैठक जारी छ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि सोमबार केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। त्यसक्रममा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने कार्यसूची थियो।
यही बैठकबाट पदाधिकारी चयन गर्नका लागि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिइरहेका छन्। पदाधिकारी चयनका विषयमा आज प्रचण्ड निवास खुमलटारमा नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।