कपिलवस्तु ।
कपिलवस्तुको सुरहि खोलामा डुबेर एक वालकको मृत्यु भएको छ ।
जिल्लाको शिवराज नगरपालिका २ बस्ने ८ वर्षीय सुसान्त रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो ।
मङ्गलवार साँझ पाँच बजे बहिनी र साथी सँगै गएका रोका पौडी खेल्ने क्रममा डुबेको बताइएको छ । उनकी बहिनीले स्थानीयहरूलाई दाइ डुबेको खबर गरेपछि गाउँले गएर खोजतलास गर्दा मृत अवस्थामा फेला परेका थिए ।
हल्लानगर नजिकै रहेको सुरहि पुल नजिकै उनी डुबेका हुन । रोकाको शवलाई पोस्टमार्टम लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस भन्दा अघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाहरूको मृत्यु भएको थियो ।