कपिलवस्तु ।
यही असार २ गते सुस्मिता हत्याकाण्ड को दुई बर्ष बितिसक्यो, मुद्दा हेरिरहेका ४ जना न्यायाधीशको यही असार २३ गते हेटौंडा अदालतको कार्यकालको अबधि पनि सकियो । तर मुद्दाको बारेमा फैसला हुन सकेन ।
सुस्मिताका माइती पक्ष पटक पटक न्यायको लागी दुई बर्स सम्म हेटौंडा जिल्ला अदालत धाउदा पनि न्याय नपाए पछि पीडितको आसा निरासामा बदलिएको छ । दुई बर्स सम्म मुद्दा हेरिरहेका न्यायाधीशको कार्यकाल सकिए पछि अब आउने न्यायाधीश ले पनि यो मुद्दामा यस्तो नअल्मलाउन पीडित पक्षको आग्रह रहेको छ ।
पछिल्लो पटक असार ७ र २३ गते पेसि तोकेको भए पनि विभिन्न बाहानामा पेसि स्तगित गरिएको पीडित पक्षले बताएको छ ।
सुस्मिताका ठुलो बुवा ले भन्नुभयो,” हामि यो दुई बर्से अबधिमा पटक पटक हेटौंडा अदालत पुग्यौं तर अदालतमा बिभिन्न बाहाना गराउदै पटकपटक पेसि स्तगित गरियो । कपिलवस्तु देखी हेटौंडा जानको लागी निक्कै खर्चिलो भएकोले मिल्छ भने जिल्ला परिवर्तन गरेर कपिलवस्तु या आसपासका जिल्लामा ल्याउन पनि अनुरोध गर्दछौं । बर्साको समय सुरु भएसङ्गै यातायात मा पनि समस्या हुने भएकाले कपिलवस्तु या नजिकको जिल्लामा ल्याउन अनुरोध गर्दछौं ।” उहाले भन्नुभयो ।
केहि दिन अघि मात्र लुम्बिनी मुख्यमन्त्री कुलप्रसाद केसी, कपिलवस्तुका सिडियो धर्मेन्द्र कुमार मिश्र, भरतपुर माहानगरकि प्रमुख रेणु दाहाल लगायत सङ्ग सुस्मिताका बुबा, आमा, ठुलोबुबा, नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायतको टोलिले भेटेर ज्ञापन पत्र समेत बुझाएको थियो ।
कपिलवस्तुबाट विबाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा गत २०७७ असार १ गते परिवार मिलेर तड्पाइतड्पाई मारेका थिए । सो केशमा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा, दुर्गा का श्रीमान अरुण कार्की र २३ वर्षीया नन्द सीता थापा सामेल थिए । अहिले उनीहरु कारागारमा छन् । हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिले कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिसकेको अवस्था छ भने अरु तिन जना (दुर्गा, तुल्सा र अरुण) लाई आजिवन कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको छ । तर न्यायाधिशले समयमा फैसला नगर्दा पीडित परिवारजन आक्रोशित छन् । घटनालाई कतै तोढमोड गर्ने काम हुन्छ कि, हत्याराले कानुन बमोजिम पाउनु पर्ने सजाय नपाउने हुन् कि भनेर परिवारले अहिले चौतर्फी दबाब सिर्जना गर्न थालेका छन् ।