चेतन विष्ट, कपिलवस्तु ।
कपिलबस्तुको बुद्धभुमिमा पानि जमेको खाडलमा परी एक महिलाको मृत्यु भएको छ । बुद्धभुमि नगरपालिका ८ पचगैया का शुरेस यादबकी १८ वर्षीय श्रीमती सिता यादवको हिजो (शनिवार) साँझ करिब ६ : ३० बजे मृत्यु भएको हो ।
खेत रोपी सकेपछी घर बनाउदा माटो निकालीएको ६.७ फुट गहिरो पानी जमेको खाल्डोमा हात खुट्टा धुने क्रममा खस्दा उनको डुबेर मृत्यु भएको उनका श्रीमान लाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
पानिमा डुबेको अबस्थामा देखे पछी उनका श्रीमान लगायत स्थानियले खाल्डोबाट बाहिर निकाली हेर्दा मृत अवस्थामा पाए पछी उनिहरुले प्रहरी लाई जानकारी गराएका थिए । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।