रुपन्देही ।
रुपन्देहीको सैनामैनामा घाँस काट्न जंगल गएकी युवतीलाई करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोलका ४८ वर्षीय निलमणी दमाई रहेको प्रहरीले जनाएको छ । उनले साउन १० गते बिहान गाँउकै महिला दिदी नाता पर्ने १९ वर्षीया युवतीसँग घाँसदाउरा गर्न जङगल गएको बेला एक्लै भएको मौका छोपि जवरजस्तीको प्रयास गरेका थिए ।
सैनामैना स्थित तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका उनले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवति भागि निस्किएकी इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
आरोपित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
