दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आग्रह

0

चेतन विष्ट, कपिलवस्तु ।
जिल्ला स्वस्थ्य कार्यालय कपिलवस्तुले कोभिड १९ को संक्रमण बढीरहेकोले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी पछिल्लो समय बढ्दै गएको कोरोनाको जोखीम लाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो । 

बाहिर निस्कीदा मास्क अनिवार्य लगउने, स्यानिटाईजरको प्रयोग गर्ने तथा भौतिक दुरी कायम गर्ने लागयतका स्वास्थय सुरक्ष अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।

साथै खोप नलगाएका व्यक्तिहरुमा यसको जोखीम बढि हुने र मृत्यु समेत गराउन सक्ने भएकाले नजिकको खोप केन्द्रमा सम्पर्क गरी खोप लागउन समेत आग्रह गरीएको छ । साथै जिल्ला अस्पताल तौलिहवाको ःऋज् अष्लिष्अ बाट हरेक बुधबार देखि शुक्रबार सम्म नियमित रुपमा कोभिड–१९ विरुद्को खोप सेवा उपलब्ध भैरहेको पनि स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको फेसबुक पेजमा भनिएको छ ‘कोभिड १९ को संक्रमण बढ्दो छ त्यसैले सबैजनाले जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, स्यानिटाईजरको प्रयोग गर्ने तथा भौतिक दुरी कायम गरौ। खोप नलगाएका व्यक्तिहरुमा यसको संक्रमणले मृत्यु समेत गराउन सक्ने भएकाले नजिकको खोप केन्द्रमा सम्पर्क राखी खोप लगाऔं। जिल्ला अस्पताल तौलिहवाको MCH clinic बाट हरेक बुधबार देखि शुक्रबार सम्म नियमित रुपमा कोभिड–१९ विरुद्को खोप सेवा उपलब्ध रहेको व्यहोरा समेत अनुरोध छ ।’

bijayanagar
Comments
Loading...