रोल्पा ।
नागरिकता विधेयक खारेजीको माग गर्दै अखिल छैठौं ले रोल्पामा जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल ९छैठौं०ले रोल्पाको लिबाङमा जुलुस प्रदर्शन गरेको हो ।
नागरिकता विधेयकमा विवाह गर्ने वितिक्कै कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति राष्ट्रहित विपरित भएकाले स्विकारे नहुने उनीहरुले बताएका थिए ।
सबै नेपालीले नागरिकता पाउने कुरामा दुई मत नभएको तर विदेशीलाई नागरिकता बाढ्ने विषय अस्वीकार्य भएको अखिल छैठौं का केन्द्रिय अध्यक्ष देवेन्द्र कुँवरले बताएका थिए।
कार्यक्रममा अखिल छैठौंका महासचिव र राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टले पनि सम्बोधन गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा रोल्पाको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस टुडिखेलमा पुगेको थियो। जुलुसमा अखिल ९छैठौं०का केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
अखिल छैठौं को केन्द्रीय समितिको चौथो पूर्ण बैठकका लागि रोल्पाका आएका विद्यार्थी नेताहरुले नागरिकता विधेयकको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन । शुक्रबारदेखि शुरु भएको बैठक सनिवार सम्म चल्ने अखिल छैठौंका केन्द्रीय सदस्य रिसव आचार्यले जानकारी दिएका थिए।