दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

७ दिने भर्चुअल आधारभूत मौरीपालन तालिम शुभारम्भ

0

चेतन विष्ट, कपिलवस्तु ।
सम्मानित र आत्मनिर्भर जीवनयापनका लागी ब्यवसाकि मौरीपालन भन्ने मुल नारा सहित सात दिने भर्चुअल आधारभुत मौरीपालन तालिम सुरु भएको छ । बेष्ट नेचर मल्टिप्रपोज प्रा।लि काठमाण्डौ र शाखा कार्यालय कपिलवस्तुको आयोजना, नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेड काठमाण्डौंको सहकार्यमा आजबाट सात दिने तालिम सुरु भएको हो । तालिमलाई प्राबिधिक रुपमा बिशेषज्ञको रुपमा मौरीपालन बिकास केन्द्र गोदावरीले सहयोग गरेको थियो ।

बेष्ट नेचर मल्टिप्रपोज प्रा।लिका की अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका लुम्बिनी प्रदेश सचिव याम नारायण देवकोटाको प्रमुख आतिथ्यता, नेपाल मौरी पालन केन्द्रिय सहकारी संघका अध्यक्ष शम्भू बहादुर कार्की, नेपाल मौरी पालक महासंघका केन्द्रिय अध्यक्ष शिब प्रसाद पौडेल, मौरीपालन बिकास केन्द्र गोदावरीका प्रमुख लक्ष्मी खरेलको विशिष्ट आतिथ्यतामा तालिमको शुभारम्भ गरीएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेडका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद पोख्रेल, मौरी बिकास केन्द गोदावरीका पूर्ब प्रशिक्षक धुब्र काकी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्ब अध्यक्ष भेषराज पाण्डे, संचारकर्मि अनिश बन्जाडे, भगवति न्यौपाने लागायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका लुम्बिनी प्रदेश सचिव याम नारायण देवकोटाले भर्चुल तालिमले मौरीपालन कृषकहरुको लागी सिप वृद्धि भन्दा पनि ज्ञान वृद्धिमा निक्कै सहयोग गर्ने बताउनुभएको थियो । मौरीपालनमा देशमै सबैभन्दा अघि रहेको लुम्बिनी प्रदेशमा मौरीपालनको लागी निक्कै धरै सम्भावना रहेको उल्लेख गर्दै मौरीपालन पेशा निक्कै सरल हुने हुँदा अहिलेको परिस्थ्तिीमा धेरै कृषक मौरीपालमा इच्छुक रहेको पनि बताउनु भएको थियो । मौरीपालन बाटै धेरै कृषकले आफ्नो दैनिकि सगँ कयौँ लाई रोजगारी समेत दिन सफल भएकोले मौरीपालन बाट मनग्य आमदानि गर्न सकिने उहँले बताउनु भएको थियो । प्रदेशले विगतका दिनहरुमा पनि मौरीपालन सम्बन्धी धेरै कार्यक्रम गरेको स्मरण गराउँदै अबका दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यसैगरी बेष्ट नेचर मल्टिप्रपोज प्रा।लिकी अध्यक्ष शान्ता भण्डारीले यस्ता तालिमले मौरीपालनमा चासो देखाउने कृषकहरुको लागी निक्कै सहयोग गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्ने बताउनु भएको थियो । त्यसैगरी गोदावारी मौरीपालन सहकारी संघका अध्यक्ष लक्ष्मी खरेल ले प्रविधिको बिकास सगैँ यसरी भर्चुल माध्यम बाट तालिम दिँदा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागी निक्कै फलदायी हुने उल्लेख गर्दै आयोजक प्रति धन्यवाद ब्याक्त गर्नुभएको थियो ।

त्यसै गरी प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेडका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद पोख्रेलले यस तालिम किन आयोजना गरीयो रु केके कुरा सिकाइन् रु तालिम बाट कस्ता उपलब्धी हाँसील हुनेछन लागायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

देशका विभिन्न जिल्लामा रहेका मौरीपालन सहकारी संघका पदाधिकारी, विभिन्न जिल्लामा रहेर मौरीपालन पेशा गर्दै आउनुभएा कृषक, विभिन्न जिल्लाका प्रशिक्षार्थी, विभिन्न मिडियाका प्रतिनिधि लागायत विभिन्न ब्याक्तिको उपस्थिती रहेको कार्यक्रममा बेष्ट नेचर माल्टिप्रपोज प्राली शाखा कार्यलय कपिलवस्तुका टेक्निकल एडभाईजर आबिस्कार पोख्रेलको स्वगत मन्तब्य र संचारकर्मी बिकास थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

mayadavi
Comments
Loading...