दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सचिव भुसालद्धारा राजिनामा

0

चेतन विष्ट, कपिलवस्तु  ।
अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुका सचिव पुस्कर भुसालले पद बाट राजिनामा दिनुभएको छ । संगठनका विभिन्न क्रियाकलापमा निर्णय गर्दा संगठनका जिल्ला अध्यक्षले एकलौटी निर्णय गरेको र अरुको अस्थित्व नै नभएको जस्तै गरी विज्ञप्ती जारी गरेको भन्दै उहाँले पद बाट राजिनामा दिनुभएको हो ।

भुसालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ,”२०७८ सालको जिल्ला सम्मेलन बाट मलाई संगठन मुल पार्टीले जिल्ला सचिवको रुपमा योग्य ठानेर जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहान्छु । पब्लिक क्याम्पस सँघ जिल्ला शाखा कपिलवस्तुले हालै गरेको शुल्क वृद्धि विरुद्धमा हाम्रो संगठनको अग्र पंतिबाट विरोध गरेको थियो । मिति २०७९ चार महिना १९ गते पब्लिक क्याम्पस सँघ कपिलवस्तु र जिल्ला क्रियाशिल विद्यार्थी संगठनहरुको बैठक बसी मासिक शुल्क लाई १५ सय बाट १२ सय कायम गर्दा हाम्रो संगठनबाट जिल्ला अध्यक्षको अनुपपस्थ्तिि र अन्य पदाधिकारीको राजिनामा रहेको अवस्थामा संगठनको जिल्ला सचिवको हैसियतले बैठकमा उपस्थिती जनाई निर्णय प्रक्रियामा आफ्नो विचार व्याक्त गरी निर्णयमा हस्ताक्षर गरेपछी संगठनका अध्यक्ष ले संगठनका अन्य पदाधिकारीले गरेको निर्णय मान्य नहुने विज्ञप्ती जारी गरेपछी मेरो र मेरो निर्णयको कुनै अस्थित्व नरहेको महशुस गरेको छु ।”

aataal sement
Comments
Loading...