चेतन विष्ट, कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगंगा नगरले तिन वटा संगठन निर्माण गरेको छ । आज कपिलवस्तुको बाणगंगमा नगर अध्यक्ष गिरिराज कंडेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन, महिला संगठन र किसान संगठन गरी तिन वटा संगठनको निर्माण गरेको हो ।
संगठन मध्ये राष्ट्रिय प्रजातान्त्रीक युवक संगठनको अध्यक्षमा राजेन्द्र थारु, उपाध्यक्षमा विरेन्द्र चौधरी, जिवन थापा, सचिवमा अर्जुन रिजाल, कोषध्यक्षमा शिव न्यौपाने, सदस्यहरुमा युवराज न्यौपाने लगायतको १३ सदस्यीय बाणगंगा युवक कार्यसमिति चयन गरीएको हो ।
त्यस्तै महिला संगठनको अध्यक्षमा कुमारी संगीता नेपाली, उपाध्यक्षमा बबीता राना, अन्जु थारु, सचिवमा सुमन थारु, कोषाध्यक्षमा बिना चौधरी, सदस्यहरुमा सरस्वती पौडेल सहितको ११ सदस्यीइ कार्यसमिति भेलाले चयन गरेको छ ।
त्यस्तै किसान संगठनको अध्यक्षमा खेमराज बेल्बासे, उपाध्यक्षमा माधव घिमिरे, सचिवमा भिमबहादुर मल्ला, कोषध्यक्षमा वृजेश थारु, सदस्यहरुमा गौरव घिमिरे लागायतको १३ सदस्यीय किसान कार्यसमिति गठन गरीएको छ ।
कार्यक्रम लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राप्रपा केन्द्रीय सदस्य धुर्व रायमाझीले पार्टीले लिएको संवैधानिक राजतन्त्र सहितको धार्मिक स्वतन्त्रता भएको हिन्दु राष्ट्र बनाउन, संघियता खारेजी गर्न, भ्रष्टचार लाई शुन्यमा झार्न पार्टीका सम्पुर्ण नेता कार्यक्रताहरुलाइ डटेर लाग्न आग्रह गर्नुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य निमप्रसाद बेल्बासेको विशष्ट आतिथ्यता, जिल्ला संगठन विभाग प्रमुख राजेन्द्र विक्रम साह, जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, क्षेत्रीय अध्यक्ष प्रकास भुसाल, प्रदेश सभा क्षेत्र नम्बर १ क का अध्यक्ष रामु शर्मा लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन भने नगर सहसचिव सागर हमालले गर्नुभएको थियो ।