बुद्धभुमी अनलाइन, कपिलवस्तु ।
अखिल ( क्रान्तिकारी ) कपिलवस्तुद्वारा कपिलवस्तुका सम्पुर्ण सामुदायिक क्याम्पसहरुमा ताला बन्द गरिएको छ ।
पब्लिक क्याम्पस संघले मनोमानी ढंगबाट बिद्यार्थी, अभिभावकको ढाड सेक्ने गरि मासिक ९७५ बाट १५०० शुल्क वृद्धि भन्दै सम्पुर्ण सामुदायिक क्याम्पस मा तालाबन्दी गरेको हो ।
ताला सङ्गै जारी गरिएको उक्त सङ्गठनको बिज्ञप्तिमा भनिएको छ, “हाम्रो महान तथा गौरवशाली संगठन अखिल ( क्रान्तिकारी) बिगत लामो समय देखि शैक्षिक असमानता ,बिकृती – बिसङगति बिरुद्ध , शैक्षिक माफिया विरुद्ध निरन्तर संघर्ष गर्दै आएको बिषय सबैमा अबगत नै छ । यसै सन्दर्भमा मिति २०७९ स्राबण १४ गते बसेको पब्लिक क्याम्पस संघको बैठकबाट मनोमानी ढंगबाट बिद्यार्थी ,अभिभावकको ढाड सेक्ने गरि कपिलवस्तु जिल्ला भर मासिक रु ९७५ बाट रु १५०० शुल्क वृद्धि गरेको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको थियो । लगत्तै जिल्लाका क्रीयाशिल ६ बिद्यार्थी संगठनले मनोमानी ढंगबाट गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ४ दिने अल्टिमेटम दिएका थिए । लगत्तै पब्लिक क्याम्पस संघ कपिलवस्तुले वार्ताका लागि संयुक्त बिद्यार्थी संगठनलाइ साउन १९ गते बोलाएको थियो । वार्तामा केही सुबिधाका नाममा ,शुल्क समायोजनको नाममा रु १२०० शुल्कमा केहि बिद्यार्थी संगठन र पब्लिक क्याम्पस संघ बिचको सहमति अनुसार शुल्क वृद्धि गरेको प्रती अखिल ( क्रान्तिकारी ) कपिलवस्तु ले असमती जनाउदै तथाकथित ,मनोमानी ढंगबाट गरेको शुल्क वृद्धिको निर्णय अस्विकार गर्दै शुक्रवार बिगेप्ती जारी गर्दै २ दिन भित्र वृद्धि गरेको मासिक शुल्क रु २२५ तत्काल फिर्ता गर्न माग गर्दै अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको ४ दिन बितिसक्दा पनि सम्बन्धीत निकाएबाट वृद्धि शुल्क रु २२५ फिर्ता गर्न तयार हुनुको साटो क्याम्पस प्रशासनबाट वेवास्ता भएपछि अखिल( क्रान्तिकारी ) कपिलवस्तु क्याम्पस प्रसाशन र लेखा शाखामा ताला लगाउन बाध्य भएको छ । तालाबन्दी गर्दा समेत क्याम्पस प्रशासन ,पब्लिक क्याम्पस संघ कपिलवस्तुको तर्फबाट वेवास्ता भयमा प्रदशन ,धर्ना ,चक्का जाम , हडताल लगायतका थप संघर्षमा जाने चेतावनी दिन चाहन्छ , आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धीत निकाए नै हुने व्यहोरा जानकारी गराउदछौ ।”