दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

मेरो भाइ अहिले भद्रपुरमा हलो जोतेर जिविका चलाउँछ : ओली

0

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन्।
राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै भने, ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।

काठमाडौंमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, जुवाईँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे।

यस्तै उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन्। आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

 

civil bank
Comments
Loading...