कपिलवस्तु ।
नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास चन्द्र नेम्वाङले बर्तमन गठबन्धन सरकार ब्यक्तिगत र आफनो अनुकुल म्याडेडका कारण असफल भएको आरोप लगाएका छन । उनले देशे अप्ठेरो र चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै अहिले देशका आर्थिक लगातयका हरेक क्षेत्र असफलता तिर उन्मुख भएको बताए । नेकपा एमाले कपिलवस्तुले जितपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले वर्तमान सरकारले संसद र देशमा कुनै परिणाम दिन नसकेको बताए । एमालेको व्यापक दवावका कारण सरकारले समयमै चुनावी मिति घोषणा गरेको उनले बताए । उनले सर्वोच्चको प्रमादेशबाट बनेको वर्तमान सरकारले प्रधानन्यायाधिसलाई नै निलम्बन गरेर पंगु बनाएको समेत आरोप लगाए । ‘ अहिले संसद बिजनेश बिहीन छ, सर्वोच्च अदालत समेत काम र परिणामा दिन सकेको छैन ’ उनले भने ।
संसदलाई समेत बिजनस दिन नसकेको बर्तमान सरकारको हैसियत र क्षमतामा समेत प्रश्न उठेको उनले बताए । ‘ सरकार न त जनादेश मा न संसदको आदेशमा चलेको छ उनले भने । उनले देश चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै धेरै दिन यस्तो अवस्थासम्म राख्न नहुने भएका कारण चुनावको मिति घोषणा गर्न दवाव दिईएको बताएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा २७ वर्ष र एमालेको नेतृत्वमा ७ वर्ष सरकार चल्दा जनताले प्रत्यक्ष परिवर्तन कुन सरकार हुदाँ भयो भन्ने स्पष्ट बुझेकोले जनताले अवको निर्वाचनमा दुधको दुध पानीको पानी छुट्याउने बताए ।
कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश ईन्चार्ज झबीलाल बिश्वकर्मा, पोटिलब्युरो े सदस्य बिमला घिमिरे, नेता बिष्णु पनथी लगायतले मन्तब्य दिएका थिए । पार्टीले आगामी निर्बाचनलाई लक्षित गरी देशब्यापी अभियान अन्र्गत प्रशिक्षण संचालन गरेको हो । पार्टी अध्यक्ष डम्मर शर्माको अध्यक्षता, सिपि गहजराजको संचालन र नेता बिश्राम प्रसाद थारुको स्वागत मन्तब्यका कार्यक्रम भएको थियो ।