चेतन विष्ट, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा वेवारीसे काठ बरामद भएको छ । नगरको मानपुर खोला किनारमा प्रहरी टोलि र डिभिजन वन कार्यालय ठाकुरापुरको संयुक्त गस्ती टोलीले वेवारीसे अवस्थामा राखेको ४ गोलिया अर्थात १५ क्यु फिट सिसौको काठ फेला पारेको हो ।
जसको अनुमानित मुल्य पैतालिस हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बरामद भएको काठ सव डिभिजन वन कार्यालय ठाकुरापुर पठाइएको प्रहरीले जनाएको छ ।