दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

नेपाल खेलकुद महासंघ कपिलवस्तद्धारा शोक सभा सम्पन्न

0

चेतन विष्ट, कपिलवस्तु ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । नेपाल खेलकुद महासंघ कपिलवस्तुका सचिब अरुण सेनका पिता स्वर्गीय लोकेन्द्र बहादुर सेनको ७ औं दिनको पुण्य तिथीमा शोक सभा सम्पन्न गरेको हो ।

खेलकुद महासंघका केन्द्रिय सदस्य स्याम सुवेदी, जिल्ला अध्यक्ष सुशील कुवर, प्रदेश सदस्य रेशम गिरि, प्रदेश सदस्य हरि न्यौपाने लगाएत जिल्लाका खेलप्रेमीहरुको उपस्थित घरमा पुगेर स्वर्गीय लोकेन्द्र बहादुर सेनको सम्झनामा एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।
स्वर्गीय सेनको यहि साउन २६ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । शोक सभा कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष सुशील कुवरले स्वर्गीय सेनको असमायिक निधनले नेपाल खेलकुद महासंघ कपिलवस्तु स्तब्ध भएको बताउनुभएको छ ।

bijayanagar
Comments
Loading...