दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

कपिलवस्तु सहित आसपासका जिल्लामा हावाहुरी सहित वर्षा, धान रोपेर छाडेका किसान हर्सित

0

चेतन बिष्ट, कपिलवस्तु ।
लामो समय पछी कपिलवस्तु सहित आसपासका जिल्लामा वर्षा हुँदा यहाँका किसान हर्षित भएका छन । रोपेर छोडेको धान लामो समय देखी पानी नपरे पछी नष्ट हुने अवस्था आएको थियो, तर आज दिउसो आएको पानीले किसानको धान बाली लाई निक्कै फाइदा पुर्याए पछी किसानहरु हर्षित भएका हुन ।

कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लामा आज दिउसो देखी हावाहुरी सहितको वर्षा भएको हो । गर्मि निक्कै बढीरहेका तराइका जिल्लामा भने वर्षा हुँदा सितलता समेत प्रदान भएको छ ।

 

कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लामा रोपेर छोडेको धान लामो समय देखी पानी नपर्दा धमिरो लाग्ने तथा सुकेर नष्ट हुने अवस्था आएको थियो । त्यस्तै अर्घाखाँचीमा पनि आज दिउसो ठुलो पनी परेपछी त्याहाँका किसान हर्षित भएका छन । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ निवासी स्थानिय मान बहादुर विष्टले हामि सँग कुरा गर्दै भन्नुभयो,”आज धेरै दिनमा पानी पर्यो अब त धमिरोले खाएको धान जाग्ने भयो ।”

त्यस्तै आगामी आइतबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भोलि शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।यस्तै आइतबार पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

global bank
Comments
Loading...