सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

नेपालमा सुकुम्बासी र नागरिकताको बिषयलाई राजनीतिक मुद्दा बनाईयो ।

मेघराज ज्ञवाली

0

राम मन्दिर र बाबरी मस्जिदको बिषय राजनीतिक मुद्दा बन्दा भारतमा धेरै लामो समय देखि बिभत्स साम्प्रदयिक दङ्गा पटक पटक हुँदै आउँदा तेहाँ धेरै भौतिक क्षतिका साथै अपुरणीय मानीय क्षति हुनुका साथै राजनीतिक सत्ता सङ्घर्मा पनि ठुलो उथल पुथल र सत्ता परिवर्तन भएकाछन् । राममन्दिरको बिषयले भारत बाट अङ्ग्रेज गए पछि दशकौँ सम्म सत्तामा एकाधिकार जमाएर बसेको काङ्ग्रे लाई शून्यमा झारेर बिजेपीले भारतको राजकीय सत्तामा आफ्नो एकाधिकार कायम गर्न सफल भएकोछ । तर पनि राम मन्दिर र बाबरी मस्जिदको बिषय अज पनि समाधान भएकोछैन । अयोध्यामा राम मन्दिर बनेपनि आर्कोको पक्षले तेस लाई स्विकार गरेको छैन । जब तक यो बिषयलाई सत्तामा चड्ने भर्‍याङ्गका रूपमा प्रयोग गरिरहिनेछ यो मुद्दा हल हुने पनि छैन ।
नेपालमा पनि सुकुम्बासी र नागरिकताको बिषय लाई सत्तामा पुग्ने भर्‍याङ्ग बनाईएकाले जबतक यी बिषयलाई राजनीति बाट अलग गरेर बिशुद्ध मानबीय रूपमा हल गरिदैन तबतक नेपालको पुरै जङ्गल र सार्बजनिक जग्गामा सुकुम्बासीका नाममा बस्ती बसाये पनि नेपालमा सुकुम्बासी समस्या हलहुनेछैन । तेस्तै तीनकरोडको स्थनमा दश करोड नगरिकता बाँटे पनि नेपालमा नागरिकताको समस्या यथाबत रहनेछ ।
नेपालमा राजनीतिक उद्देश्यले सुकुम्बासीका नाममा बन- जङ्गल र सार्बजनिक जग्गा अतिक्रमण गर्ने कमको शुरुवा पञ्चायत काल देखिनै भएकोहो । राजा महेन्द्रले नेपालका भूमिहिन गरिव र बर्मा बाट निकालिएका नेपाली लाई बसोबास गराउने उद्देश्यल पूर्ब मेची देखि पश्‍चिम कञ्चन पुर सम्म ठुला ऊठुला पुनर्बास योजना लागु गरेर कतै तीन बिघाहका दरले कतै चार बिघासम्म पनि जमिन बाँट्ने काम गरेर तर राजा महेन्द्रले लागु गरेका पुनर्बास योजनामा जग्गा हत्याउने काम टाठा बाठाले गरे । मूमिहिन जनतालेत पुनर्बासको कुरा थाहा सम्म पनि पाएनन् । पुनर्बास योजना पश्‍चात सत्तामा पहुँच भएका भूमाफियाहरूले पहाड बाट मान्छे ल्याउने जङ्गलमा बसाल्ने पैसा अशुलने काम गर्न थाले । नेपलमा जति पटक राजनीतिक उथलपुथल हुन्छ तेति पटकनै बन माथि आक्रमण हुन्छ । आन्दोदोलन शुरू हुाने बित्तिकै लकडीका तस्कारहरूले जङ्गलमा पसेर रुख काटन थाल्छन । भू माफियाहरूले बन र सार्बजनिक जग्गा कब्जा गर्न थाल्छन् । यो सबै काम राजनीतिक दलहरूको संरक्षणमा भैरहेको हुँदा समाधान हुन सकेको छैन । शाच्चै भूमिहिन सुकुम्बासीको समस्याहो भनेन बालेन सरकारले भूमिहिन सुकुम्बासीका लागि आबास, रोजगार, बच्चा बच्चीका लागि शिक्षा सबै गर्छु भनेकोछ । फेरी किन नगएको ? सहर बजार लाई कुरूप बनाएर महँगा सार्बजनिक जग्गा कब्जा गर्न पल्केका भू माफिया र सुकुम्बासीका नाममा राजनीति गर्दै आएका राजनीतिक दहरु यो समस्य हल हुन दिने पक्षमा छैन । यदि भूमिहिन जनताको समस्या हल भयो भने यिनीहरूको खेलो हराउछ ।
नागरिक्ताको बिषयलाई पनि एक्दमै गिजोलेर फोहोरो बनाईएकोछ । नागरिकताको मुद्दा उछाले सत्तामा पुग्न पल्केका हरूलेनै यो समस्या बल्झाएर राखेकाछन् ।

Comments
Loading...