वर्षा लम्साल एक लोक दोहोरी गायिका हुन् । उनी अहिले २५ वर्षकी भएकी छन् । उनको घर कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्ढी हो । उनी सानै उमेरमा लोक दोहोरी गीतमा चाँसो दिन्थिन् । बिहान बेलुका घरको काम गर्दासमेत लोक गीत उनको ओठमा झुण्डिएको हुन्थ्यो । उनले एसएलसी पास गरेपछि साङ्गितिक यात्रा सुरु गरेको बताउँछिन् । अहिले उनी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको महिला उपाध्यक्षसमेत रहेकी छन् ।
उनले स्थानीय रेडियोहरु हर्टविट एफएम र मेरो साथी एफएमका उत्कृष्ट प्रस्तोता पनि हुन् । लोक भाकाका कार्यक्रमहरु सञ्चालन गर्दै श्रोताहरुको मनमुटुमा बस्न सफल गायिक पनि हुन् लम्साल । उनले सानै उमेरमा लोक दोहोरी गीत गाएर चर्चित भएकी छन् । “तिमिलाई चिसो लाग्यो भने मलाई ज्वरो आउँछ” र “महलमा बस्न मायालु” लगायतका लोक गीतहरु गाएर चर्चको पात्र भएकी छन् । उनले लोक दोहोरी गायन क्षेत्रमा निकै संघर्ष गर्दै अगाडी लम्किी रहेको सुनाइन् ।
उनले घर परिवारको मायाममता र सहयोगले यहाँसम्म आइ पुगेको बताइन् । लोक दोहोरी क्षेत्रमा भएको विभिन्न जटिल कठिनाइको बावजूद निकै अथक प्रयासले आइपुग्दा असाध्यै सुखी लागेको उनले बताउछिन् । श्रोताहरुको मायाले मेरो गीतहरु निकै राम्रो स्थान पाएको भन्दै श्रोताहरु धन्यवादको पात्र भएको जिकिर गरिन् । उनले साङ्गितिक यात्राका क्रममा आएको अवसर र कठिनाईलाई उनले यसरी बयान गरेकी छन् ।
“यो संसारमा मान्छे धेरै किसिमका हुन्छन् । मान्छे ठूलो र सानो भन्नी मात्र उमेरले हुन्छ । कोही मान्छे धेरै पढेर ठुलो हुन्छ, भन्ने हँुदैन । सबैसँग छुट्टैछुट्टै क्षमता हुन्छ । कसले के गर्न सक्छ ? भन्ने कुरा पढेर ठूलो भएकोलाई सबै कुराको ज्ञान हुन्छ भन्ने पनि त हुँदैन । हामीहरु कसैले लगाएको कपड़ा कसैको घर हेरेर उसलाइ जर्ज गर्छौँ । तर के एउटा फाटेको कपडा लगाउनेले केही गर्नै सक्दैन ? र उमेर सानै हुँदैमा उसले केही गर्नै सक्दैन ?” भन्ने तमाम प्रश्नसमेत गरिकी छन् ।
उनले एउउा उदाहरण पनि दिँदै भन्छिन् “एउटै स्कुलमा सबैले लगाउने ड्रेस, एउटै किन बनाइन्छ ? ताकी शिक्षकले सबै विद्यार्थीलाई एउटै नजरले हेरोस् । को धनी ? को गरिब ? को ठुलो ? को सानो ? भन्ने कुरा उसको बाहिरी रुपबाट थाहा नहोस् भनेर सबैलाई सम्मान गर्नुस् बाहिरीरुप हेरेर कसैको जर्ज नगर्नु, मान्छले पद, कपडा, सुन र पढाइले होइन गर्न सक्ने क्षमताले ठुलो हुन्छ । त्यो कुरा कसैको निधारमा लेखिए हुँदैन ।”
यसरी गायिका वर्षा लम्सालले आफ्नो मनमा लागेका कुराहरु सुनाउँछिन् । उनले थुप्रै आफु माथि आएका तीता, मिठा, उतारचढावका कुराहरुलाई आफुले हिड्ने बाटोमा तमाम बाधा अड्चन भए पनि आफ्नो लक्ष्य छोड्न नहुने बताइन् । मेरो साङ्गितिक यात्रा, मेरो निरञ्तरताको अमुल्य फल भएको उनको भनाइ छ । आफुसँग भएको कला, गला र प्रतिभालाई प्रष्फुटन गर्न आवश्यक रहेको उनले बताउँछिन् । यही हाम्रो क्षमता हो, यस क्षमतालाई सदुपयोग गर्दै जानुपर्ने आफ्नो गन्तव्यमा लाग्नु जरुरी रहेको बताइन् ।