दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

सुरही नदीको कटनाले जोखिममा पर्दै सयौ किसान

0

शहबाज खान,कपिलवस्तु
कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१० औरहवा गाऊको पूर्व बगेको सुरही नदीको कटानले गर्दा सयौ किसान जोखिममा परि रहेका छन् ।
औरहवा गाउको सीमानामा लगभग २ किलो मिटर दूरीमा बगेको नदी मध्ये लगभग ५००मिटरमा नदीले कटान गरिसकेको छ। यो बर्ष नदीमा पटक पटक बाढी आइरहेको छ र तेज बाढीले तट कटान गर्दै गर्दा गाऊ समाजले बनाएको चिहान समेत कटानमा परेर नदीमा बगेको अवस्था समेत रहेको छ ।
स्थानीय किसानहरुको भनाईनुसार यदि सरकार वा सम्बन्धित निकाले यो कटानप्रति चासो देखाएनन् भने अर्को बर्खामा नदीको मुहान पश्चिम तर्फ फेरिने अनुमान समेत गिररहेका छन। नदीको मुहान पश्चिम तर्फ फेरियों भने सयौ किसानहरुको खेती योग्य भूमिमा ठूलों नोकसानी भई गाऊमा बाढी आउने सम्भावना समेत रहेको स्थानीय किसान अनारुल खाँले बताएकाछन् । नदी कटान रोक्नाको लागि समयमा स्थलगत निरीक्षण गरिनुगर्नु पर्ने सबै उपायहरु गरी सयौ किसानको खेतीयोग्य भूमि जोगाउनको लागि सम्बन्धित निकायवालाहरुसंग उक्त गाउका किसानहरुले यसै खबर मार्फत अनुरोध गरेका छन ।

mayadavi
Comments
Loading...