दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

झाले हामीलाई बदनाम गर्न खोजियो – चौधरी

0

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ४ बस्ने जगन्नाथ झाले आपूmहरुलाई झुठा आरोपहरु लगाएर बदनाम गर्न खोजिएको झाबाट पीडित रहेका सगेन चौधरी र अनिल चौधरीले बताएका छन् । गोदाम भाडामा लिएर व्यवसाय सञ्चालन गरी भाडा माग्दा उल्टै आफुहरुमाथि झाले अनेक किसिमको जालझेल आफुहरुमाथि गरीरहेको उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

अनलाईन मिडियामा झाले झुठो बोलेर समाचार लेखाएको र आफूहरुलाई बदनाम गर्न खोजिएको उनीहरुले जानकारी गराए । सहीसत्य बुझेर समाचार प्रकाशन/प्रशारण गरिदिन उनीहरुले संचारकर्मीहरुसँग आग्रह गरेका छन् ।

‘सिरहाको लहान नगरपालिका वडा नम्बर – १ की दिदी कन्चन चौधरीको स्वामित्वमा रहेको गोदाममा झाले ३÷४ वटा गाडी राखी व्यवसायिक प्रयोजनको लागि भाडामा लिई व्यापार सञ्चालन गरेको थियो । केही समयपछि उनले व्यापार बन्द गर्‍यो ,’ पत्रकार सम्मेलनमा सगेन चौधरीले भने,‘व्यापार बन्द गरेरपनि एउटा बा १ ख ८२७४ नम्बरको ट्रक लगेनन् । जग्गामा निर्माण कार्य सुरु भइरहेको हुँदा ट्रकले समस्या भइरहेको थियो । आफ्नो बाँकी भाडा तिरेर गाडी लैजान झालाई बारम्बार ताकेता गर्दापनि आउन मानेका थिएनन् ।’

बारम्बारको ताकेतापछि पनि झाले ट्रक लिन नआएपछि सगेनको दीदी कंचन चौधरीले इलाका प्रहरी कार्यालय लहानमा असार २६ गते ठाडो उजुरी दिइन् । त्यति गर्दापनि झा आउन नमानेपछि असार ३१ आवश्यक कारवाहीको लागि जाहेरी दर्ता गराइएको कंचनले बताइन ।

प्रहरीमा जाहेरी परेपछि झा सम्पर्कमा आएर व्यवहार मिलाउन सहमति गरेको सगेनले बताए । ‘व्यवहार मिलाउँछौँ भनेपछि हामी इलाका प्रहरी कार्यालयको बाहिर लेखनदासको कार्यालयमा २५ हजार रुपैयाँ भाडाको वापतको तिर्नेगरी सहमति साउन १५ गते भयो,’ सगेनले भने, ‘जगन्नाथ झा मिल परिसरमा गएर २० हजार रुपैयाँको चेक साउन १६ गते दियो र आफ्नो ट्रक सोहीदिन लगेको थियो ।’ ट्रक गोदामको परिसरभित्रबाट लगेको भिडियो र सिसिटिभी फुटेज रहेको उनले बताए ।

mayadavi
Comments
Loading...