दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

शहिदनगर नगरपालिकामा पिसिआर टेस्टको आवश्यक रहेको : युवा नेता रोहिता

0

जनकपुरधाम,१५ श्रावण ।
जनता समाजवादी पार्टी धनुषाको युवा नेता विनोद रोहिताले धनुषाको शहिदनगर नगरपालिकामा पिसिआर टेस्ट र पुन: लकडाउनको प्रदेश २ सरकार समक्ष माग गरेका छन । रोहिताले प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थप्दै गएकोले जनधनको क्षति रोक्न प्रदेश सरकार,स्थानीय सरकार समक्ष उक्त माग सामाजिक संजाल बाट अघि सारेका हुन ।

शहिदनगर नगरपालिकाकाको डुमरिया चौकको एक व्यापारी युवक साउन ११ गते कोरोना को कारण मृत्यु भएको थियो । उनले किराना, हार्डवेयर र खाद्यको समेत व्यापार गर्दै आएका ३६ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि पुर्वी धनुषामा त्रास बढेको छ । मृतकको साविक घर कमला नगरपालिका वडा नं.८ को टेरहामै उनको परिवारका सवै सदस्यलाइ होम क्वारेन्टाइनमा राखिएको छ ।

मृत्यु भएको साह लाई भेन्टिलेटरको अभावकै कारण उनको मृत्यु भएको बताए । मुटु रोगीलाई तुरन्त भेन्टिलेटर आवयश्क हुन्छ तर अस्पतालमा खाली नभएकाले धरान रेफर गरिएपनि बचाउन नसकिएको रोहिताले बताए ।

रोहिताले शहिदनगरमा पुर्ण पिसिआर टेस्ट को दायरा ल्याएर सर्व साधारण जनताहरुको टेस्ट गराएर अधि बढ्न र पुनः लकडाउन गर्नुको कुनै अन्य विकल्प नरहेको जनाएका छन। कोरोना कहर प्रति सजग रहनुको साथ साथै पिसिआर टेस्ट ल्याएर जाच गराइ दिन समेत रोहिताले प्रदेश सरकार,स्थानीय सरकारलाई आग्रह गरेका छन ।

mayadavi
Comments
Loading...