मेघराज ज्ञवाली
प्रदेश ५ को सरकारले, दाङ्ग जिल्लाको घोराही उपमहा नगरपालिकामा करिव १२ करोड ४२ लाख अनुमानित खर्चमा करिव ८५ बिघाह क्षेत्र फलमा नेत्रलाल अभागी रङ्गशाला बनउने निर्णम गरेछ । यो स्वागत योग्य निर्णय हो । धूर्मुससुन्तली फौडेशनले पनि चितवनमा अन्तर राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउदैछन । आम नेपाली जनताको सहयोगमा । मनै दखि आँटेर गर्ने हो भने सन्सारमा मान्छेले गर्न नसकने काम कुनै हुदैन भन्ने उदाहणका रूपमा धूर्मुससुन्तलीको अभियान लाई लिन सकिन्छ । अरु प्रदेशका सरकारले ५ नम्बर प्रदेशबाट प्रेरणा लिउन र सबै सामाजिक क्षेत्रमा लागेका समाज सेबीहरूले धूर्मुससुन्तलीबाट भन्ने पबित्र चाहँनका साथ बर्तमानमा नेपाल माथि देखिएको गम्भीर चूनौति र त्यसको सामना गर्ने उपायका बारेमा देश बासीको ध्यानाकर्षण गर्न चाहन्छु ।
इतिहास साक्षिछ नेपाल राष्ट्रको निर्माण नेपाली जनताले आफ्नो रगत पसिना बगाएर गरेका हुन भने आजको बिशास भारतको निमार्ण अङ्ग्रेजहरूले गरिदएका हुन । आजको बिशाल भारत निर्माणमा त्यहाँका जनताको कुनै भूमिका छैन । अङ्ग्रेजका कारणले नेपालको दुर्इ तिहाँर्इ भूगोल आज भारतमा गाभियो । पश्चिमको काङ्गडा देखि पूबर्को तिष्ठा सम्म फैलिएको बिशाल नेपाल आज मेची र माहाँकाली नदीका बीचमा सिमित हुन पुगेकोछ । आज भारतका कारणले नेपाललाई यही भूगोल पनि जोगाउन समस्या भएकोछ । ग्रेटर नेपाल बनाउन के के योजना छन सुगौली सन्धिले निर्धारण गरेको सिमा समेत अतिक्रमण गरेर भारतले हाम्रो ६० हजार बर्ग किलोमिटर जमिन कब्जा गरेकोछ त्यो जमिन फिर्त गर्न हामी सित के के योजना छ ? सडकमा उत्रेर नारा लगाउँदैमाऽ भाषण गर्दैमा, सरकारको बिरोध गर्दैमा, जे पायो त्यही बोलेर समाजमा नकारात्मक भावना फैलाउदैमा वा लेख छपाउदैमा, देशको भूगोल जोगाउन सकिदैन । चाहे ग्रेटर नेपालको बिषयहोस वा ६० हजार बर्ग किलाे मिटरकाे बिषय ती सबै फिर्ता गर्न र देशलाई जोगाउन देशको शुरक्षा ब्यबस्थ लाई बलियो बनाउनु पर्छ । नत्र सिक्किमको हालत हुन समय लाग्ने छैन । बिभिन्न आई एनजीओ र बिदेशी राजदूताबास बाट खर्च खाने गीरोहहरूले सडकमा उत्रेर नारा लगाउदैमा देशको सीमाको रक्षा हुँन सकदैन, देशका सिमानको रक्षा गर्ने सेनाले हो । यहा एउटा प्रश्न स्वभाविकरूपमा उठद्छ, । आज नेपालमा यति धेरै राष्ट्रबादी समुहहरू सडकमा उत्रेर नारा लगाउदैछन तर यिनीहरू सित नत बैकल्पिक शासनको योजना छ नआपसमा मेल । यदि राष्ट्रकै चिन्ताले सडकमा उत्रेकाे हो भने राष्ट्रबादको नारा लगाउनेहरू गे्रटर नेपाल र ६० हजार बर्ग किलाे मिटर जमिन फिर्ता हुन पर्छ भन्नेहरूका किन अलग अलग चूला चौका ? एउटै आँगनमा किन नअटाउने ? यदि सबैको नेपाल जोगाउने एउटै लक्ष्य हो भने अहिलेको शासन ब्यबस्थाको बिकल्प लिएर एउटै छाता मुनि गोल बन्द हुन सक्न पर्छ नत्र यस्ता बिरोधको कुनै अर्थ हुँदैन । यी बिरोधहरू पनि आ आफना मालिकहरूको ईशारामा हुने गरेका छन भन्न सकिनछ ।
कुनै देशकाे भूगोल सानाछ कि ठूलोछ कुन देशमा जनसंख्या कतिछ भनेर त्यो देशको शक्तिको आँकलन गर्र्न हुदैन, त्यो देशको सेना कति शक्ति शाली छ त्यसको आधारमा उसको शक्तिको आँकलन हुन्छ । दुई देशका बीचमा समस्या भयो बार्ता गरौ नेपालले भन्दा भारतले कुनै वास्ता गरेको छैन तर आफना २० जान सेना मारिएको अबस्थामा पनि चीन सित उ तुरुन्त बार्तामा बस्यो । यदि पकिस्तानले भारतका २० जाना सेना मारेको भए पाकिस्तान माथि भारतले तुरुन्त आक्रमण गर्ने थियो । तर चीन सित लडने आँट गरेन । किनकि चिनको शैन्य शक्ति भारतको भन्दा बलियोछ र नेपाल र पाकिस्तानको शैन्य शक्ति भारतको भन्दा कमजोर छ । त्यसकारण भारतले नेपाललाई हेप्दैछ । भारत सित बार्ता गर्नका लागि पनि नेपालले सर्बप्रथम आफ्नो सेनालाई बलियो बनाउन पर्छ । परिआए युद्घ द्वारा पनि भारत लाई हराउन सक्ने शैन्य शक्ति नेपाल काे हुँदाका दिन हामीले होईन भारतले नेपाल भारक बिचका समस्या समाधानका लागि बार्ता गर्न नेपाल सित झुकेर अनुरोध गर्ने छ ।
जतिसुकै रोटी, बेटी, भाषा , संस्कृति , धर्म, आदिका कुरा गरे पनि सन् १९५० देखि नै भारत नेपालका लागि सुरक्षा चूनौती बन्दै आएको छ । भारत आफू स्वतन्त्र भए देखिनै नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक आदिक्षेत्रमा आक्रमण गर्दै आएको थियो अब उसले शैनिक अक्रमण पनि गर्न सक्ने स्पष्ट लक्षण देखाई रहेकोछ । शैनिक आक्रमण गर्न बाताबरण तयार गर्दैछ । त्यसकारण अब नेपालले अरु क्षेत्रको बजेटलाई कटौती गरेर पनि रक्षामा बजेट बडाउन पर्छ । देशै रहेन भने कहाँ बिकास गर्ने त्यस कारण सर्ब प्रथम देश बचाउने काम गर्न पर्छ । यसका लागि सर्ब प्रथम सेनाको संख्यामा बृद्घि गरेर आगामी पाँच बर्षमा पन्ध्रलाख पुराउन पर्छ । सिमा सुरक्षा बलको संख्या दश लाख र प्रहरीको संख्या पाँच लाख पुराउन पर्छ । मिसाईल, लडाकुजेट र अत्याधुनिक हतियार किन्न पर्छ । न्यूकिलियर बमबनाउने तयारी पनि गर्न पर्छ किनकि हाम्रा छिमेकी सित न्यूकिलियर बन्छ ।
हाँम्रा पूर्खाहरूले खुकुरी चम्काएर गोर्खालीहरू बीर हुन्छन भनेर नाम कमाए । खुकुरी हाँम्रो पहिचान हो तर आजको अबस्थामा पनि हामीले खुकुरीका बलमा नेपाल जोगाउछौ भन्नु “हाँम्रा बाजेले घीउखाका थिए मेरो हात सुंघ” भने जस्तो कुरा हुन्छ । शक्तिशाली राष्टहरूले नक्षेत्र युद्घको तयारी गर्दै छन । हामी पनि यही सन्सारमा बाँच्ने हो त्यस कारण आकश युद्घको अभ्यास हामीले पनि गर्न अनिबार्य भैसकेको छ । तर आज सम्म नेपालमा एउटा पनि सेनाका लागि लडाकु जेट उत्रन सक्ने हबाई मैदान तयार छैन मात्रै होईन सोंच पनि भएको खेखिदैन । सेना लडने जल, थल र आकाशमा हो । नेपालमा जल सेनाा भष्यिको बिषय भए पनि स्थल सेना र हबाई सेनका अलग अलग संगठन हुन पर्छ र हबाई सेनाको तालिमका लागि नेपाल लाई ठूला लडाकू जेट बिमान बस्न र उडन सकने हबाई मैदान बनाउन जरूरी छ । सेनाका लागि अलग हबाई मैदान निमर्ण गर्न दाङ्ग र सूर्खेत, सामसिक दृष्टिले धेरै युप युक्त देखिन्छन् । यस बारेमा उक्त क्षेत्रमा अध्ययन गरेर काम शुरु गर्न जरुरी छ ।
अब यस बारेमा प्रश्न उठन सक्छ, के नेपाल जस्तो गरिव देशले, १५ लाख सेना, १० लाख शसस्त्र प्रहरी र पाँच लाख जनपद प्रहरीको खर्च धान्न सकछ ? के लडाकु जेट बिमान खरिद गर्ने हैसित छ ? के सेनाका लागि छुट्टै ठूला ठूला हबाई अड्डाहरू बनाउन सक्छ ? उक्त प्रश्नहरूको एउटै साझा उत्तर नेपालले उक्त काम गर्न सक्छ । तर यसका लागि दुर्इ ओटा शर्त पुरा गर्न पर्छ । पहिलो भ्रष्टाचारी लाई जन्म कैद । दोस्रो राजनीतिक दल, सरकार, सेना, प्रशासन, न्यायालय अदि सम्पूर्ण स्थानमा घुस्न सफल बिदेशी दलालहरूको पहिचान गरेर देश निकाला । नेपाल गरीब होईन यो देशलाई गरीब बनाईएको छ । पञ्चायत कालम भन्ने गरिन्थ्यो गरीब देशको धनी राजा । आज देखिदैछ गरीब देशका धनी नेता । यो कसरी भयो भ्रष्टाचार गरेर भयो । देश र जनतालाई लूटेर भयो । हामीले राजकीय भ्रष्टार र बिदेशीको दलाली निषेध गर्ने बित्तिकै उक्त लक्ष्य आगमी पाँच बर्ष भित्र पुरा गर्न सक्छौ । बेला बेलामा; “नेपालमा सेनाको संख्या ठूलो किन चाहियो ? नेपाललाई कोसित लडन पर्छर, नेपाल चीन सिता पनि लडन सक्दैन भारत सिता पनि लडन सक्दैन ।
दुबै देश सिता मिलेर जोगिन पर्छ” भन्ने तर्कपनि सुनिने गर्दछन । नेपाललाई कसै सिता पनि लडन छैन मिलेरै बस्न ेहो तर अरु लडन आए पछि के गर्ने ? कित सिक्किमले जस्तै उसको अधिनतालाई स्विकार गर्न परो कि लडन परो । काजमा जे जस्तो लेखिएको व भनिएको भए पनि भारतले नेपाल माथि पण्डित जवाहरलाल नेताहरुको सिद्घान्त अनुसार ब्यबहार गर्दै आएकोछ । नेताहरुले आफनो उत्तरको सुरक्षा सिमा हिमालयलाई भनेका थिए । त्यस कारण भारत नेपालको राष्टिय अखण्डता, सार्बभौमिक समप्रभूता र राजनीतिक स्वतन्त्रता माथि सदै खतरा बनेकोछ ।
अर्को शब्दमा भारत नेपालको घाँटी माथि झुण्डिएको नाङ्गो तरबार हो भन्दा अन्यथा नहोला । नेपालका बार्ता बादी के बुज्न जरूरी छ भने भारतले बार्ता गरेर हाम्रो ६० हजार बर्ग किलोमिटर जमिन फर्काउने वाल छैन बरु भबिष्यमा अरु पनि मिचने वाला छ । अर्थात कुनै न कुनै बहानामा भारतले नेपाल माथि युद्घ थोपर्नेछ, त्यो अवस्थामा यात नेपालले आत्मसमर्पण गरेर भारतको गुलाम हुन पर्नेछ अथवा प्रत्येक नेपालीको शरिरमा एकथोपा रगत छन जनि देशको रक्षाका लागि लडन पर्नेछ । भबिष्यमा देशमाथि आई पर्ने खतरा स्पष्ट रूपमा देखिएका कारणले नेपालले आजै देखि आफनोसुरक्षा ब्यबस्था लाई बलियो बनाउने तयारीमा लागन अनिबार्य भएकोछ ।
जहाँ तक बार्ता द्वारा समस्याबारे समाधान गर्ने कुरा हो त्यो पनि आफू बलियो भए पछि मात्रै समभव हुन्छ । आफू कमजोर हुँदा बार्तामा पनि शक्तिशाली पक्षनै हावी हुन्छ ।
राष्ट्रको रक्षाका लागि साधन श्रोतले सम्पन्न शक्तिशाली सेना चाहिन्छ । यो बिषयमा दुईराय हुन सक्दैन । तर युद्घ जीत्नका लागि सेनाको नेतृत्वको पनि ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । यदि सेनाको नेतृत्व, कमजोर, स्वार्थी, असक्षम र बिदेशीको एजेण्ट भयो भने त्यस्तो अवस्थामा अत्यधुनिक हातहतियारले सम्पन्न र ठूलो संख्या भएको सेनाले पनि युद्घ जित्न सक्दैन । जुनसुकै लोकतान्त्रिक राष्टमा सेनाको पहिलो नेतृत्व सरकार हो । त्यस पछि प्रधानसेना पति र कमाण्डरहरू । त्यसकारण राष्टबचाउन सर्बप्रथम सरकारनै योग्य हुन प¥यो । त्यस पछि सेनाको चेन अफ कमाण्ड सक्षम हुन प¥यो । नेपालमा उक्त दुबै नेतृत्व शङ्काको घेरामा छ । राष्टको रक्षा सेनाले गर्ने हो सेना नभए राष्ट जोगिदैन । यदि सिक्किमका अफ्
नो सेना भएको भए त्यति सजिलै भारतले कब्जा गर्न सकने थिएन । यशर्थ भन्न सकिन्छ सेना भनेको राष्ट्र हो र राष्ट्र भनेको सेना हो । राष्ट्रको सेनालाई सर्ब स्विकार्य बनाउन पर्छ। बिबादको घेरा भित्र ल्याउन हुँदैन । यसो भनिरहँदा वास्तबिकता प्रति आँखा चिम्लिदा पनित सही मार्ग भेटिदैन ।
जननीर्वाचित सरकारको नेतृत्व राजनीतिक दलद्वारा हुने हुँदा, सेनाको नेतृत्व पनि राजनीतिक दलकै हातमा जन्छ । सुगौली सन्धी पछि,नेपालको सत्तामा पुगेका र सत्ताको ओरी परी पुगेका, चाहे ती राँण शासकहुन वा२००७ पछिका राजनीतिक दलका नीति नीर्माणको तहमा पुगेका नेताहरू हुन, सत्ता स्वार्थका लागि कुनैन कुनै रूपमा बिदेशीका गोटी बन्दै आएका छन । त्यसकारण यी पुराना राजनीतिक दल र नेताहरू बाट नेपालको रक्षा हुन सक्दैन यिनीहरूले नेपालमा बलियो शैनिक संगठन पनि बनाउने छैन र त्यसको नेतृत् वगर्न पनि सकदैन । यिनीहरू ब्यकितगत स्वार्थका लागी कहीले कुन देशको कहीले कुनदेशको दलाली गर्ने राजनीतिक बेश्याहुन भन्दा अन्यथा नहोला । अहिले सरकार बदनाम भएकोछ, सत्तारुढ दल माथिको जनबिश्वास समाप्त हुँदैछ, प्रमुख प्रतिपक्ष दल प्रति जनताको आशानै छैन, जनता समाजबादी दलले नेपाल बचाउला भन्ने आशाछैन । जजनता समाज बादी दल लाई बाहुनको गोठका दानमा आएका गाईको उदाहरण दिन सकिनछ । गोठ बाठ फुके पछि आ आफना पुराना गोठ तिर लाग्ने । यो देशमा उत्पन्न भयाबह राजनीतिक शङ्कटहो र राष्टियता माथि खतरा । देश लाई यो राष्टीय शङ्कट बाट निकास दिन धेरै प्रयास पनि भैरहेका छन । बिभिनन टिभी टाक शोहरूमा नयाँ नयाँ प्रतिभाहरू पनि देखिएका छन र तिनीहरूले नयाँ नयाँ राजनीतिक दलहरू पनि खोल्दैछन । सबैले नेपालमा उत्पन्न राष्टीय शङ्कटका बारेमा करिव करिव एउटै खालको बीचार पनि राखने गरेका छन तर लगभग लगभग एउटै बचिार राखने ब्यक्तिहरूले अलग अलग राजनीतिक दल खोल्दैछन । यहाँ आएर यिनीहरू पनि कतै बाट सञ्चालित होईन भनने शङ्का जन्मन्छ । यदि नेपालको सार्बभौमिक सम्प्रभूताको रक्षा, बिकास, सम्बृद्घि, र शक्तिशाली नेपालराष्ट निर्माण सबैको लक्ष्य हो भने, एउटा बृहद राष्टिय भेला गरेर सबै अटाउन सक्ने एउटा मात्रै दल बनाउन पर्छ मात्रै सफल हुन सकिन्छ । अन्यथा साझ बिबेक शिल पार्टीको अबस्था हुने छ र फेरी पनि सत्ता यिनै पुराना मक्किएका पार्टीको हातमा जानेछ । त्यस पछि “नरहेबाँस नबजे बासुरी” को अवस्थामा पूरपूरोा हात राखेर देश डूबेको तमासा हेर्ने रमिते हुन पर्नेछ । त्यसकारण नयाँ पार्टी खोलेर नेता बन्ने रहर छाडेर जति सक्यो सबैलाई समेटेर एउटै शक्तिशाली राजनीतिकदल बनाउने अभियान चलाउन पर्छ । अहीलेको नेपालको आबश्यकता हो यो । बल्ल मात्रै हामीले शक्तिशाली सेनाको संगठन बनाएर नेपाल लाई बचाउन सकछौ ।
हरेक देशमा राजनीतिक दलत सत्तममा आउने जाँने भैरहनछ । राजनीकि दलले बनाउने सरकार लाई अस्थाई भनिन्छ । सेना, प्रहरी, प्रशासन र न्यायालय, राजनीतिक दलहरू जस्तै हरेक पाच बर्षमा सत्तामा फेरिने हुँदैन । त्यस कारण सेना प्रहरी, प्रशासन र न्यायाय लाई देशको स्थायी सरकार भनिन्छ । यदि राजनीतिक दलहरूले सत्तामा पुगेर बिदेशीको दलाली गरे वा राष्ट्रघातगरे वा नराम्रोकामगरे भने जनताले ती राजनीतिक दललाई सत्ता बाट हटाउन सक्छन तर स्थायी सरका बाट राष्ट्रघाती काम भयो भने केही व्यक्ति हटाउन सके पनि संगठन हटाउन सकिदैन त्यस कारण राष्ट्रको रक्षाको अहम भूमिका यही स्थायी सरकारको हुन्छ । यदि सेना प्रहरी, प्रशासन,न्यायालयको नेतृत्वमा पुगेका ब्यक्तिहरूले कुनै पनि प्रकार का ब्यक्तिगल लाभका लागि बिदेशीको दलाली गर्ने काम गर्न थाले भने त्यो देश कुनै पनि हालतमा बााचन सक्दैन । पृथ्वी नारायण शाहले नेपाल एकिृकरण गर्न स्थापना गरेको नेपाली सेनाको इतिहास गौवशाली छ । यस कारण आज हामी नेपाली नेपाली सेना प्रति आभारी छौं । तर नेपाली सेनाको नेतृत्वमा राँणहरू आए पछि यो सेनाले कहील्यै न्यायको साथ दिएन । यसको पछिल्लो उदाहरणका रूपमा नारायणहिटी राजदरबार हत्याकाण्डलाई लिन सकिन्छ । आजकल टकशोमा नेपाली सेनाका पूर्ब जर्नेलहरूले पनि आफ्ना बीचारहरू राखने गरेका छन । एक जाँना थापा थरका जर्नेलत आफू लाई अमर सिंहकोसन्तान पनि भन्दै थिए तर बहसमा उनी भारतका जर्नेल हुन्कि जस्तो पनि लागदथियो । नेपालमा राजनीतिक दलमा मात्रै होईन सेना, प्रहरी, प्रशासन र न्यायालया समेत बिदेशी हरूले आफना मानछे घुसाएको चर्चा पनि बेला बेलामा हुने गर्दछ । त्यस कारण राजनीतिक दलका साथै स्थाई सरकारका अङ्गहरूमा समेत पुनर्सरचना गर्न आबश्यक छ । भारते नेपाली सेनाका प्रमुख लाई दिने गरेको भारतको मानार्थ सेना पमुखको सेना पति पद भारत लाई फिर्ता गरि दिन पर्छ । धेरै जसो रााणखानदानको सम्पत्ति नेपालमा भन्दा भारतमा धेरै छ । उनीहरूको बिबाह बारी पनि भारतमै हुँदै आएको छ । त्यस्ता रिवारका राँणहरू नेपालमा प्रधान सेना पति भएकाछन । सेनाको पुनर्संरचना गर्दा बिदेशमा सम्पत्ति लगेका, यिनीहरूको कुनै परिवारले बिदेशको पिआर लिएको वा बिदेशी महीला बाट जन्मेको ब्यक्ति नेपाली सेनामा भर्तिहुन नपाउने नियम बनाउन पर्छ । यद्यपि यो काम गर्नन कठिन हुनेछ । किनकि कालापानी, लिम्पियाधूरा नेपालको नक्सामा समाबेस गर्दा सरिता गिरी प्रबृत्ति क्रमशः सतहमा आउदैछ । सामनेमा हाउने सबै बाधा अडचन सित मुकाबिला गर्दै उक्त कदम चाल्न पर्छ नेपाल बचाउन ।