मेघराज ज्ञवाली
आज एकातर्फ युगको दबाबका कारणले, हाम्रो देश पनि बिकासको पथमा अँगाडी सर्दै गरेको देखिन्छ भने, आर्का तर्पm पश्चिमी सभ्यता संस्कृति, रहनसहन, चाल चन र धर्म अदिका प्रभावे आमरूपा नेपाली जनताले आफनो देशको सभ्यता,संस्कृति, चालचलन, रहन सहन, मर्यादा, इतिहास, यहाँ सम्मकि आफनो सगोत्री पूर्बजहरूका बारेमा समेत अनबिज्ञता प्रकट गरेको पाईन्छ । यदि यही गतिमा हाँमीले आफना पहिचानको उपेक्षा गर्दै जाँनेहो भने एकआद सय बर्षको अन्तरालमा यो देशका साथै आज यहा बसोबास गरेका जातिहरूको पनि पहिचान समाप्त हुनेछ । मानव जातिको बिकास र राष्टहरू जन्मेर समाप्त हुने क्रममा येस्ता घटनाहरू अनगिन्ती भएका छन । नेपालको इतिहासको चर्चा गर्दा दुई ढाई सये बर्ष येताको मात्रै समय लाई हेर्दा, गोर्खाका राजा पृथ्वी नरायण शाहदेब बाट एकिकरण शुरु गरिएको भूगोल लाई नयाँ नेपाल भनियो । पुरानो नेपाल त काठमण्डू उपत्यका लाई भनिन्थ्यो । नयाँ नेपालको अन्तर्राष्ट्र्यि सिमाना पूर्बमा तिष्ठा नदी पश्चिममा रावी नदी जो काङ्गडा भन्दा पश्चिम पर्दछ । उत्तरमा केरुङ्ग र दक्षिणमा गङ्गा नदी सम्म फैलिएको थियो । नेपालले चीनका कारणले केरुङ्ग सम्मको जमिन छाडन प¥यो भने बृटिश इण्डियाका कारणले मेची दखि पूर्व र माहाँकली देखि पश्चिमका साथै चूरेपहाडको पेटी बाहेको सम्पूर्ण मैदानी भूभाग अर्थात आफना देशको दुई तिहाई भूमाग छाडन प¥यो । यहाँ यस कारण यो बिषय उल्लेख गर्न पर्ने महशूस भयो कि, नेपालका प्रधान मन्त्री केपीओलीले यस बर्षको भानु जयन्तीके अवसरमा रामको जन्म आज को नेपालमा भएको हो भारतमा होईन । राम भारतीय होईनन, नेपाली हुन भने पछि सिङ्गो नेपाल र सारा भारतीय समाजमा ज्वारभाटा उठ्यो र सबैले आफूले जाने बुझेका प्रतिकृयाहरू सार्बजनिक गर्न थाले । यहि क्रममा आ आफना फेसबुकहरूमा केही मित्रहरू बडो उत्तेजित भएर लेख,े “गोरख पुरको गोरखनाथ मन्दिरमा सबै भन्दा पहिले नेपालका राजाले खिचडी चडाए पछि मात्रै आम जनताले खिचडी चडाउने परम्पराछ त्यसकारण अब गोरखपुर लाई पनि नेपालहो भन्ने ?” प्रिय मित्र इतिहासमा खोजदै जानु भयो भने कुनै दिन गोरखपुर नेपालमै थियो । गोर्खाका गोरखनाथ बाबाको मन्दिर गोरख पुरमा स्थापना गरिको थियो । आर्को बिषय आज सम्म हाम्रो दिमगमा अङ्ग्रेज सित आधुनिक हातहतियार भएका कारणले नेपालले युद्घ हारेको हो भन्नेछ तर त्यसो होईन । नेपालको दरवार भित्र चलेको सत्ता संघर्ष, आपसमा अबिश्वास मारकाट आदि कारणले युद्घमोचर्माा लडीरहेका सेना लार्इृ केन्द्र बाट कुनै सहयोग हुन सकेन र नेपाली बीरहरू पछि हटन बाध्य भए । यही बाट नेपालको पतन का दिनहरू शुरु भएका हुन जो आज सम्म पनि सुधारहुन सकेको छैन ।
सुगौली सन्धी पशचात नेपालमा राँणा शासनको उदय भयोर १०४ बर्ष रह्यो जस लाई नेपालीहरूले अन्धकार युग भनेर सम्झन्छन । राँणशासनको जन्मनै आपसी मारकाट, हत्यहिंसा र षडयन्त्र बाट भएका कारणले, देश र जनताको रक्षा हुँन सकेन । शिक्षाका नाममा ब्रामणहरूले संस्कृत पढेर कर्म काण्ड मात्रै गर्न पाउनेर अन्य जातले राजिनामा तमसुक लेखने शिक्षा बाहेक अन्य शिक्षामा प्रतिबन्ध लागाईयो । त्यस्तो प्रतिकूल अवस्थामा पनि थुप्रै नेपालीले भारतको कलकत्ता, लखनऊ पटना आदि स्थानमा गएर उच्च शिक्षा हासिल गर्ने काम गरे । संस्कृतका लागी काँशीनै प्रमुख अध्यन केन्द्र थियो र हरिद्वारमा पनि संस्कृत पढन जाँने चलन थियो । हामी नेपालीले बुझन पर्ने मुख्य कुरा केहो भने भारतमा पढाईने बिषय भनेको भारतकै बारेमा हुनु स्वभाविक हो । त्यहाँ नेपालको इतिहास भूगोल पढाई बिस्तृतरूपमा नभएका कारणले भारतमा पढेर बिद्वान भएका नेपालीहरू नेपालका बारेमा अनभिज्ञरहे । हामी भारतमा अध्यन गरेका पुराना पिडीले जेजति ज्ञान आर्जन ग¥यौ ती सबै भारतका बिद्वान द्वारा या अङ्ग्रेज बिद्वान द्वारा लेखिएका पुस्तक पढेर ग¥यौ । त्येकारण हाम्रो ज्ञान शोधमूलक भन्दा पनि यान्त्रिक भयो । आदि शङ्करा चार्य तिक्षण प्रतिभाशाली थिए र ठूला बिद्वान भए ।३२ बर्षको अल्पआयुमा नै युगौं युगसम्म कसैले चाहेर पनि परिवर्तन गर्न नसक्ने आफनो नीति नियम र सिद्घान्त बनाएर यो संसार बाट बिदा भए । आदि शङ्करा चार्यले आजको भारतमा पूर्ब पश्चिम, उत्र दक्षिण चारधाम स्थापना गर्नुका साथै, धेरै मठ मन्दिर र तीर्थस्थलहरू पनि निमार्ण गरिदिए । हिुन्दु संप्रदायको स्थापना गरे जबकि हिन्दु शब्दको अर्थ आज हामीले बुझने गरे जस्तो एउटा सम्प्रदाय बिशेषको प्रयाबाची नभएर सिन्धघाटीको सभ्यता सित सम्बन्धितछ । आज हामी नेपालीहरूले पनि उनै शङ्कराचार्यको पदचिन्न लाई पक्षाएर हिडदैछौ । यद्यपि पण्डित बबुराम अचार्य, बालकृष्ण शर्मा बिशेष गरेर योगी नरहरि नाथले नेपाल लाई चिनाउने प्रयास गरेका थिए तर हामीले योगी नरहरिनाथ लाई चिन्न सकेनौ । हिम खण्ड आजको भारतको उत्राखण्ड, नेपाल र गङ्गा देखि उत्रको भूभागका बारेमा, बिदेशी बिद्वानहरूले जेलेखिदिए त्यसैका आधारमा हामीले आफनो ज्ञानको सिमा लाई कैद ग¥यौ आफू स्वयमले आफूबसेको आफनो धरातलका बारेमा खोज अनुसन्धान गरेर जानकारी प्रप्तगर्ने प्रयास गरेनौ । अज उत्राखण्ड र गङ्गा देखि उत्तरको ठूलो भूभाग हामी सितछैन । आफू सित नभएको भूगोलका बारेमा चर्चा नगरौ तर जून भूगोल नेपाल राष्टका रूपमा हामी सित छ जसका कारणले संसारमा हामी स्वाभिमानी बहादुर नेपालीका नामले चिनिन्छौ, यही देशको वास्तबिक अवस्थाका बारेमा हामीले थाहा पाउन सकिरहेक ाछैनौ । हाम्रो देशको वास्तबिकता पता लगाउन बिश्वका बिभिन्न देशका बिशेषज्ञहरू अध्यन गर्न नेपाल आउछन् र अध्यन पछि पुस्तक लेखछन त्यस पछि त्यही पुस्तक पढेर हामीले आफना देशका बारेमा थाह पाउछौ । यो हाम्रो बिगतहो । अब आएर भने नेपालमा जनचेतनामा बृद्घिभएकोछ र आफना देशका बारेमा सत्य तथ्य कुरा जान्ने प्रयास हुँदैछन । पौराणिक कथाहरूमा कल्पना गरिएको स्वर्गभूमी आजको नेपालको भूगोल हो । अर्बा चीन होस वा प्रचीन काल, खोज गर्दैजाँदा यही भूमीका गुफा कन्दराहरूका आश्रयमा बसेर अनगिन्ती रिषी महर्षीहरूले तपस्या गरेर रिद्घी, सिद्घी प्रप्त गरेपछि आफूले प्राप्त गरेको ज्ञानको प्रचार गर्न दक्षिणी मैदानी ईलाका तर्फ गएका र त्यता गएर उनीहरूले बिभिन्न आश्रम र तीर्थस्थलहरू नीर्माण गरेर छाडे । यही पुण्य भूमी बाट दक्षिण तर्फ बगदै गएका हजारौ साना ठूला नदी नलाले मैदानी भागमा सयौं लाख बिगाह जमिन लाई सिन्चीत गदर्,ै हजारौठूला ठूला शहरहरू तीर्थस्थलहरू आफना किनारामा निर्माण गर्दै माहासागारमा मिसिन पुगेका छन । समय बित्दै जाँदा ती नदी र नदीका कारणले वा रिषी मुनीका कारणले स्थापित भएका तीर्थस्थलहरू, नदी र शहरहरूका बारेमा प्रकाश पार्ने बिद्वानहरूले पहिले ज्ञानको अभावम र, पछि राष्टहरूका सिमा स्पष्टहुदै गए पछि आफनो राष्ट बादी सोंचका कारणले रिषी मुनीले ज्ञान प्रप्त गरेका स्थानहरू र पबित्र नदी नाला उद्गमन भएका स्थाहरूको इतिहासनै समाप्त हुने गरी साहित्य रचना गर्दा हामी नेपालीको अवस्था कस्तो भएकोछ भने आफनो नाभीमा भएको कस्तुरीको चाल नपाई, कस्तुरीको बासना खोजन बन बन भौतारिने मृगको जस्तो । हाम्रो आफनै देशको बक्षस्थल बाट निस्कने फटिकझै सफा नदी नालाहरूको जल अञ्जुलीमा उठाएर पिउँदा तिर्खा मात्रै होईन भोक सम्मा पनि मेटाई दिने अमृतको महत्व नबुजेर राष्टीय स्वार्थ बाट पे्ररित भएर लेखिएका साहित्यको प्रभावमा परेर धर्मका नममा हजारौं रुपये खर्च गरेर ढल मिसिएको फोरो पानीमा डुबुल्की लगाउन पुगदछौ पराईको देशमा । यदि नदीमा ुडबुल्की लगाएर पाप बाट मुकत भैनेहो भने हाम्रा आफनै घर छेउका बन पाखा बाट कल कलगर्दै रमाउदै अबिरल गतिमा बगी रहेका नदी, नला, खोला र झरनाका सफा र पबित्र जलमा डुबुल्की लगाउदा पाप बाट मुकत हुन सकिन्छ नकि ढल मिसिएको फोर पानीमा डुबुल्की लगाएर । फोहोरा पानीमा डुबुल्की लगाउदा पाप बाट मुक्त हुनत सकिदैन तर नयाँ नयाँ रोग भने अवश्य लागन सकछ ।
अब प्रशङ्ग राम जन्म मूमीको । थोरै ब्यक्तिगत प्रशङ्ग पनि जोडन पर्ने भयो । आज भन्दा ठिक चौंसट्ठी बर्ष पहिलेका कुराहो पिताजीले मलाई संस्कृतको ठूलो बिद्वान बनाउने रहरमा काँशी पढन पठाउनु भयो । रेल मोटर देखन पाउने रहरमा आफना भान्ज दाइको कमिजको टुप्पो समातेर रमाउदै ओरालो लागियो । सानै उमेरमा बिरानो देशको नचिनेका मान्छेका हुलमा मिसिन जाँदा उतैको भाषा, संस्कृति, रहनसहनामा थाहानै नपाईकन अन्तर घुलन भैएछ । सिन्ध घाटीको सभ्यता, मोहन जोधडो र हडप्पा कम्पनीका साथै नालनदा, तक्षशिला, अयोध्य, मथुरा कन्याकुमारी काँशी सबैका बारेमा अध्यनगरेर जानकारी हुँदा नेपालका बारेमा केही थाहा भएन । माहाराँणा प्रताप छत्रपति शिवाजी, पृथीविराज चौंहानका बरेमा थाहा हुँदा नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाहका बारेमा थाहा भएन । चन्दैशेखर अजाद, भगतसिंह आदिका बारेमा थाहा हुँदा धर्मभक्त, गङ्गालाल आदिका बारेमा थाहा भएन । म धेरै आभारीछु दिबङ्गत रमेशचन्द्र गौतम प्रति जस्ले मलाई नेपालको कम्युनिष्ट आन्दोल सित जोडिदिए जसका कारणले मैले कुपमण्डूक अबस्था बाट मुक्ति पाएर आज नेपालका बारेमा खोज मूलक अध्यन गर्न पर्छ र भारतीय साहितय मात्रै पढदा नेपालको सहि ज्ञानहुँदैन भन्ने अवस्थामा पुगन सकें । यदि म कम्यनिष्ट आन्दोलनमा नजोडिएको भए मेरो अबस्था पनि तिनै कुप मण्डूकको तथाकथित बिद्वानहरूको जस्तोहुने थियो जो आज पनि आफनो घरछेउ बाट बगने पबित्र जलधार लाई नचिनेर फोरो ढलमा डुबुल्की लगाउन जााने सल्लाह दिदैछन ।
भारतमा भनिने गरेको अयोध्या जाहाँ रामको जन्म भएकोहो भन्छन एउटा सम्प्रदायका मान्छे । त्यो फैजाबाद जिल्लामा पर्छ र फैजाबाद कुनै समयमा मुगलशासकहरूको राजधानी थियो । पछि मात्रै मुगलराजाले आफनो राजधानी लखनऊ लगेका थिए । फैजा बाद मुगलहरूको राजधानी भएको र बाबर उनीहरूको पूर्वज भएका कारणले मुगलहरूले त्यहाँ बाबरको मस्जिद बनाएको कुरा धेरै सत्यको नजिक देखिन्छ । सत्यताकोनजिकबाबरी मस्जिद भए पनि हिन्दूहरूको दबाद पूर्ण रामजन्म भूमिको भनाई लाई छिनो फानो गर्न नसकेर अङ्ग्रेज शासक हुन वा भारत स्वतन्त्र भए पछिका सरकार हुन सबैले रामजनम म
भूमी वा बाबरी मस्जिीद भनिएको स्थानमा ताला लगाएर राखेका थिए । राम जन्म भूमिका नाममा राजनीति गरेर सत्तामा पुगेको बिजेपीले अदालतको फैसला पछि अब राम मन्दीर बनाउन उत्खन गर्दा त्यहाँ राम सित सम्बन्धित कुनै पनि पुरातात्विक आभिलेख नभेटुनु र बुद्घकालीन आभिलेखहरू भेटिनुले त्यहाँ रामको जन्म भएकोहोईन भन्ने पुष्टि हुन्छ र्। े ज्यादै महत्वपूर्ण र भरपर्दो प्रमाणित इतिहास केछ भने सिद्घार्थ गौतम बुद्घ आफनो जीवन कालमा धेरैजसे जेतबन आजको श्राबस्तीमा बस्न गएको र आज जस्लाई रामजनम भूमि भनिदैछ त्यो स्थान श्राबस्ती बाट नजिक भएका कारणले त्याहाँ बुद्घले भिक्षुहरू लाई देशना दिएको र बिहार पनि भएको हुन पर्छ । आज मात्रै होईन एकहजार ईसवी सन्को आश पासमा आज भनिदै गरेको अयोध्याम ाँ उत्खनन गर्दा बुद्घकालीन अबशेषहरू भेटिएको कुरा पुरातत्व बेत्ताहरूले सप्रमाण भन्दैछन । आदि शङ्करा चार्यका बीचारहरू बिबादित भए जस्तै उनीको समय पनि बिबादितनैछ । कतिपय बिद्वानहरूले प्रथम शङ्कराचार्यकोको कार्यकाल ईसाको आठौ सताब्दि पनि मानेका छन । शङ्करा चार्यले तन्त्रमन्त्रको बिरोध गरे पनि कर्मकाण्ड लाई अँगाडी बडाएर बुद्घको अस्थित्व मेटाउन बुद्घकालीन र बुद्घ पछि बनेका बिहारहरूमा शिलिङ्गहरू स्थापना गरे । यहीक्रममा रामानुजले एगारहवीं सदिमा अज भनिदै गरेको अयोध्या जस्लाई त्यतिबेला साकेत भन्न्थ्यिो त्यहाँ रहेको बुद्घबिहारमा रामका मूर्ति रखाए र १६रौ ईसवींमा मुगलहरूले रामको मूर्तिभएको स्थानमा बाबरी मस्जिद बनाए । सत्य तथ्यकुरा जन्ने प्रयास गर्नेहो भने नत त्यो राम जन्मभूमीहो न बाबरी मस्जिद, त्यो केबल एकमात्र प्रचीन बुद्घ बीहार हो । स्मरण रहोस आज जस्लाई सरयू नदी भनिदैछ त्येस नदीको नाम घाघरा हो । त्यस्तै कुरुक्षेत्रमा पनि बुद्घले भिक्षुहरू लाई सतिपठान सुनाएका थिए । त्यसकारण कुरुक्षेत्र जस लाई बौद्घ सहित्या धर्म क्षेत्र पनि भनिन्छ, त्यो पनि बुद्घ सित सम्बन्धित क्षेत्र भएको पुष्टिहुनछ ।
भगवानका रूपमा बर्णन भएका कृष्ण र रामको जन्म सिद्घार्थ गौतम भन्दा पच्चीसये देखि छ सात हजार बर्ष पहिले भएको मानिन्छ । यदि राम अयोध्यामा जन्मेको भए र कुरुक्षेत्रमा पाण्डब कौरबको लाडाई भएको भए, बुद्घले यस बारेमा कहीन कही बर्णन गरको हुन पर्दथ्यो । यी सबैत आदि शङ्कराचार्यले रचेका साहित्य अनुसार नीर्मितकाल्पनिक स्थानहरू हुन । तर येसबारेमा एउटा सम्प्रदायको मनमा आस्था र बिश्वासको अभेद्य किल्ला बनेकोछ । त्यसकारण यस बारेमा आफना धारणा राखदा धेरै बिचार गर्न पर्छ । यद्यपि यस बारेमा पहिले पनि चर्चा पचिर्चा भएकै रहेछ तर यस बर्षको भानु जयन्तीका अवसरमा नेपालका प्रधान मन्त्रीले राम नेपालको ठोरीमा जन्मेका हुनाले उनी नेपालीहुन भनेछि नेपाल र भारतमा भूकम्पनै ल्याई दियो । स्वयम आफै पार्टी भित्रका ओली सित असन्तुष्ट नेताहरूले यही बाहानामाओली लाई ठेगान लगाउन समेत तमसिए । भारतका मानछेलेत नेपालका प्रधान मन्त्री बिरुद्घ फतवानै जारी गर्नथाले । नेपालका पनि केही बुद्घिजीविहरूले कुरा त सही हो तर यो बिषयमा प्रधान मन्त्री नबोलेर बिद्वानहरूबोल्न पर्दथ्यो भन्न थाले । अदि शङ्कराचार्य द्वारा रचिएका सात्यि बढेर बिद्वान बनेका कूपमडूकहरू बाट यो बिषय उजागर हुने भए पलिेनै हुन थियो । एउटा अपबाद लाई छाडेर नेपालका बिद्वानहरूको मस्तिकमा यो बिषयमा कल्पना सम्म पनि थिएन । कल्पनानै नभएको कुरा बोलिदिन पर्दथ्यो भनेर कसरी आशा गर्ने ? राम जन्मभूमीका बारेमा प्रधान मन्त्रीले बोलिदिएका कारणनै यो अन्तर्राष्टीय चर्चाको बिषय बनेकोछ । यदि पुरातात्विक प्रमाणका आधारमा कुरा गर्नेहो भने, राम, अयोध्या, कृष्ण मथुरा गोकुल आदि लाई पुष्टि गर्न सकिदैन । सबै बिश्वासका आधारमा पुष्टि भएकाछन । राम लाई राजा दिलिपका छोरा रघुका बंश भनिन्छ । यदि राम अहिले भारतले भन्दै गरेको अयोध्याम जन्मेको भए माहा कबि काली दासले रघुबंश काब्य रचना गर्दा कहीन कहीं त्यसको चर्चा गर्न पर्ने थियो तर जुन बंशमा रामको जन्म भयो त्यो बंशको बर्णन गरिएको साहित्यमा राम र अयोध्याका बारेमा चर्चा छैन । रामको चर्चा आज भन्दा लगभग सोरह सये बर्ष पहिले बाल्मिकीले रामायणको रचना गरे पछि मात्रै हुन थालेको हुन पर्छ । बालमिकी आश्रम आजको नेपालमा पर्छ जो सीताको जन्म भएको जनकपुरको नजिक पर्छ । बालमिकीले आफना नजिकमा गरिने जनश्रुती र किमबदन्तीका आधारमा राायणको रचना गरेबको हुन पर्छ । त्यसकारण पनि रामको जन्म आजको बालमिकी आश्रम र जनक पुरका बीचको राज्यमा भएको हुन पर्छ । यो धेरै सम्भवछ तर खोज र अनुसन्धानको आवश्यकता छ । जाहाँ तक लक्षमणले सीता लाई बालमिकी रिषीको आश्रम छाडेको,े लव कुशको जन्मको कुराछ , यो राम जन्मेको समय र बालमिकीले रामायण लेखेको समयको हिसावले मेल खाँदैन । बालमिकीले लेखेको रामायण र तुलसी दासले लेखेको रामायणमा पनि एकरूपता छैन । सन् १९६६ सम्म पनि अयोध्या र राम जन्मभूमीका बारेमा आम जनताका बीच खासै बहस थिएन तर जव भारतीय जनसंघ अर्थात आजको बि.जे.पी. ले राम जन्मभूमीको मुद्दालाई आफनो राजनीतिक एजेण्डा बनायो त्यस पछि यो बिषयले आम जनाको ध्याानकर्षण गर्न थाल्यो । बुजदै जाादा देवता, तीर्थस्थल र मन्दिरहरू मनुष्यले आफुलाई फाईदा हुने किसिमले आफनो अनुकुल बनाउदै आएको महसूस हुन्छ । रामको जन्म मात्रै होइन खोज गर्दै जाँदा आजको नेपालमा धेरै माहा पुरुषहरूको जन्म भएको प्रमाणहरू भेटिनेछन । प्रधामन्त्री केपी ओली सित धेरै बिषयमा
बिमत हुनसक्छ तर नेपालमा राम जन्मेका थिए भनेका कारणले प्रधान मन्त्री केपीओली लाई बिरोध गर्ने होईनकि नयाँ बिषय उजागर गरिदिएका कारणले देशले धन्यबाद दिनपर्छ ।
निष्कर्ष ः प्रायशः अनुसन्धान कर्ता, अध्येता, पुरातत्व बेत्ताहरूको बहस छलफल सुन्दा र इतिहासको पानामा प्रबेस गर्दा बिश्व ब्रमण्डमा बस्ने मानव जातीले कुनैन कुनैरूपमा धर्मका नाममा आ आफना आराध्य देव लाई भगवानका रूपमा मान्दै आएका छन । त्यसकारण जतिसुकै सत्य भए पनि यसका बिपरित खडाहुने आँट कमैमा हुन्छ । यहाँ यति सम्म भन्नै पर्नेहुन्छकि देबी देवता, मठमन्दिर, मस्जिद गिरिजाघर जेजतिका बारेमा बर्णन गरिएका सहित्य छन ती सबै जनश्रुती र किमबदन्तिका आधारमा बिभिन्न कालखण्डमा लेखिए र सबै लेखकहरूले आ आफानो बीचारहरू लाई आफा आराधयदेबका मुखबाट निस्केको शन्देस भनिदिए । त्यसकारण ती शन्देसहरू समय बित्दै जाँदा ईश्वरका बचन भनेर स्थापित भए र मान्छेले त्यस बरेमा जान्ने भन्दा पनि आस्थाका आधारमा मान्दै आए । रामको अर्थ दशरथका पुत्र राम भन्ने अर्थमा बुजदा पूर्ण हुदैन । राम एउटा सभ्यताहो एउटा आदर्शमय जीवन पद्घतीहो, राम लाई मर्यादा पुरुषोत्तम भनिन्छ र यस लाई एशिया माहादेशका सबै राष्टहरू जो आजको अर्थको हिन्दु होईन्न हरूले पनि मान्दछन । यही आदर्श लाई आधार मानेर बाल्मिकीले रामयण लेखे । त्यस पछि यस बिषयमा धेरै रचानकारहरूले आ आाफनो अनुभूतिका आधारमा लेखदै जाँदा आजको अयोध्या र दशरथ पुत्र रामको जन्मभयो । क्२०२० अगस्त ५ तारेखका दिन भारतका प्रधान मन्त्री श्री नरेन्द्र मोदीले बडो धुमधामका साथ बिबादित अयोध्यामा राम मन्दिर निर्माणको शिलान्यास गरे । राम मन्दिरका लागी बनाएका सब इटाहरूमा राम लेखिएकोछ । अब केही सदिमा त्यो स्थान खण्डरहर भएर उत्खनन हुँदा त्यहाँ प्राप्त सामाग्रीका आधारमा रामको जन्म त्यही स्थानमा भएके थियो भन्ने पुष्टि हुनेछ । बिगत र अहिले पनि इतिहासले येस्तै मजाक पुरातात्विक र ऐहिासिक स्थन सित गरेको हुन पर्छ । जाहाँ तक नेपालको ठोरमाी रामको जन्म भएकोहो भन्ने कुराहेो त्यहाँ उत्खनन हुन जरुरीछ, उत्खनन भएर निस्कने निकर्षका आधारमा यस बारेम थप कुरा गर्न पर्छ ।
शिव भनेको सत्यहो,शुन्दरहो । आदि शङ्कराचार्यले त्यस लाई जटाधारी बनाएर प्रस्तुत गरिदिए । त्येस पछिका भक्तहरूलेत जेजस्तो गरेर प्रस्तुत गरे शिव लाई त्यो सबैका सामु छँदैछ । तर शिव भनेको सत्यहो, शिवभनेको शुन्दरहो भन्ने कुरा सबै यथाकचित शिव भक्तहरूले बिर्सिदिए ।
अन्तमा एउटा अनुुरोधछ सबै बिषय लाई जानेर मानौ। अन्ध भक्त नहुम । आफनो प्रत्यक्ष ज्ञानै आफना लागी बिज्ञानहो ।
Comments