दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बिहीबार नेपाल बन्द नरहेको भन्दै गृह मन्त्रालयले जानकारी

0

कपिलवस्तु माघ२२ सबैलाई आफ्नो पेशा र व्यवसाय निर्धक्कताका साथ सञ्चालन गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति प्रकाशित गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि सरकार सदैव तयार रहेको जानकारी दिएका छन । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको कारण निर्धक्क भएर यातायातको साधन सञ्चालन र उद्योगधन्दा सञ्चालन गर्न अनुरोध गरेका छन ।

विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

civil bank
Comments
Loading...