दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

अर्घाखाँचीको एउटै गाउँ मा मात्र ढाई करोड को सुन्तला उत्पादन

0

माधव पौडेल
माघ २४,अर्घाखाँची                                       अर्घाखाँची जिल्लाको पूर्वी पाणिनी गाउँपालिका वडा नं १ पणेना सिम्ले का सुन्तला कृषकहरु ले यश बर्ष ढाई कराेड काे सुन्तला बिक्री गरेका छन्।
जिल्लाकै सुन्तला पकेट क्षेत्र भनेर चिनिने एउटा सानो गाउँ का मानिसहरूको मुख्य पेशा तथा आयआर्जन को स्रोत भनेकै सुन्तला खेती बनेको छ । अहिले पोहोर सालको तुलनामा गाउमा सुन्तला उत्पादन २०% ले बढि भएकाे छ।

कृषक टीकाराम पौडेलले अहिले आफूले सुन्तला ७०क्विन्टल बेच्ने जसबाट हुने रकम ६ लाख हुने बताउँछन् । उनले आफ्नो पेशासँग सन्तुष्ट रहेको पनि बताए। त्यस्तै गाउँका अर्का किसान मोहन पौडेल ले पनि अहिले १२ लाख को सुन्तला बेच्ने बताए । यस गाउँका धेरै जसो कृषकले १ लाख देखि १५लाखसम्म को सुन्तला बिक्री गर्ने गर्दछन्। आर्थिक हिसाबले पनि यस गाउँ सम्पन्नशाली देखिन्छन् ।अबको ५-७ वर्ष पछि यसै गाउँमा मात्र ५-६ करोड को सुन्तला उत्पादन हुने कृषक बताउँछन् ।कृषक माेहन पौडेल ले सबै भन्दा पहिला गहुँ मकै हुने जमिन मा सुन्तला खेती को सुरुवात गर्ने आफू भएको बताउँछन्। अर्का कृषक इन्द्रमनी पाण्डे पनि लामो समय बीदेश बसेर अन्तिम मा सुन्तला खेती गरि अहिले 7 लाख को सुन्तला बेचेका छ्न ।

यसै छेत्र लाई मध्यनजर राख्दै प्रदेश सरकार को लगानी मा चिस्यान केन्द्र को निर्माण पनि अन्तिम चरण मा पुगेको छ ।चिस्यान केन्द्र को निर्माण हुने भए पछी सुन्तला कृषक लगायत अन्य खेती गर्ने कृषक हर्शित भएका छन ।

global bank
Comments
Loading...