दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग

0

२८ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ ।

मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीसँग कोरोना नियन्त्रणबारे भर्चुअल छलफल गरेका थिए । सोही छलफलको आधारमा मंगलबार सम्पन्न समितिको बैठकले संघीय सरकारसँग अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले थप ५० हजार भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय पनि गरेको छ ।

बढ्दै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न र परीक्षणको दायरालाई बढाउन भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

Comments
Loading...