जेठ २८ ,बुद्वभुमि अनलाइन
कपिलबस्तु, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०७६\०७७ को बिनियोजन बजेटमा राजमार्ग देखि मन्द्रेलीटोल जाने सडकको लागी कालोपत्र गर्नको लागी रु.३०,००००० (तिस लाख)
छुटएको मा योजना शाखा, प्राविधिकहरुको वदनियत मिलेमतोमा
तिस लाखको एकै पटक ठेक्का द्वारा हुने काम नगराइ पटक पटक ठेक्का
दिएर योजना अनुसार बाटोमा कालो पत्र नगरी मनोमानी गरेको देखिन्छ ।
त्यस बारेमा संवन्धित क्षेत्रका जनताले बुभmन खोज्दा नगरप्रमुख ,उप-प्रमुख अन्य संम्वन्धित कर्मचारीहरुले अनविज्ञता प्रकट गरेर त्यसबाट छुट्कारा हुन खोजेका छन् । यो त एउटा उदाहरण मात्रै हो । यस्ता काम त स्थानिय निकायहरुमा भस्टाचारको केन्द्र बनाएका छन् ।
स्थानिय सत्तता भनिने नगरपालिका,गाउपालिका ,प्रतिनिधिहरु द्वारा प्रतिरोध पूर्ण ब्यवहारले गर्दा सेवा ग्राही पिडित भएका छन । धेरै सचेत नागरिक बस्ने राम्रो भनिएको वाणगंगा नगरपालिकाको अवस्था यस्तो छ भने अन्य नगरपालिका र गाउपालिकाको हालत कस्तो होला ?