मेघराज ज्ञवाली
कुनै पनि बिषयका बारेमा सकारात्मक सोंच बाट काम शुरु गर्दा सकारात्मक परिणाम आउने निश्चित जस्तो हुन्छ र नकारात्मक सोंच लिएर काम गर्दा नकारात्मक परिणाम आउने निश्चित हुन्छ । यस्ता सोंचहरू मान्छेको अन्तर मनमानी उत्पन्न हुन पर्छ । बाहीरीमनमा उत्पन्नहुने सोंचले मात्रै सोंचअनुसारको परिणाम आउन नसकक्न सकछ । तर नकारात्मक सोंच नराखने नाममा समाजमा उत्पन्न भएका र उत्पन्न हुन सक्ने गलत प्रबृति र नराम्रा काम कामका बारेमा त्यहा ऑखा बन्द गरेर चूप लागेर बस्नेकाम भयो भने त्यहा सकारात्मक सोंच बाट सकारात्मक परिणाम आउने आशा गर्न सकिदैन । गलत काम कुरालाइ चूचाप हेरेर वा सहेर बस्ने काम पनि नकारात्मक सोंचका उपजहो ।
प्रशङ्ग नेपालको बर्तमान अवस्था बाट शुरु गरौ । नेपाली जनताले प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रका लागी बलीदानी पूर्ण संघर्ष शुरु गरेको अवस्था शताब्दि पुग्ने बेला भएको छ। नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लखन थापा र उनी भन्दा पहिले देखि शुरु हुन्छ । त्यसकारण पनि नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनले धेरै लामो इतिहास बोकोको छ । यो आन्दोलमा नेपाली जनताले भेरै ठूलो बलिदान दिएका छन । नेपाली जनताको बलीदानी पूर्ण संघर्षका कारणले नेपालमा, रॉणाशासन, पञ्चायती शासन र राजतन्त्रको समेत अन्त भएकोछ । अहिले नेपाल धर्म नीरिपेक्ष्य गणतन्त्र राष्ट्र् बनेको छ । यति ठूलो बलीदान दिएर ल्याएको गणतान्त्रिक सत्ताले आम नेपाली जनतालाई के दियो ? नेपाली जनताले के पाए ?यी प्रश्नहरूको उतर खोजदै जादा हामीले ठूलो बलीदान बाट प्राप्त गरेको ब्यबस्था ठिक वा वेठिक हामीलाइ कस्तो किसिमको शासन ब्यबस्था चाहिएको छ भन्ने निष्कर्षमा पुग्न सकिएला ।
यदि गणतन्तत्रका नाममा केही राजनीतिक दलहरूको सिन्डिकेटले यहॉ संबिधान भन्दा माथि बसेर आलो पालो शासन गर्ने मात्रै हो भने नेपाली जनतालाई एस्तो किसिमको गणतन्त्र चाहिएको छैन, यदि गणतन्त्रका नाममा राजनीतिक सिन्डिकेट कायम गरेर देशमा ब्रम लूट गर्न केही राजनीतिक दल लाइ छुट हुनेहो भने एस्तो गणतन्त्र नेपालीलाई काम छैन । यदि गणतन्त्रका नाममा पचासौं लाख नेपाली युवाहरूले स्वदेशमा रोजगार नपाएर बिदेशिन परिरहने र यिनीहरूले पठाएको रेमिटेन्सले यहॉ केही राजनीतिक दलका नेताहरूले ब्रमलूट गरेर अकूत संपत्तिकामाउने छूट रही रहनेहो भने येस्तो किसिमको गणतन्त्र नेपालीलाई काम छैन । नेपालीलाई स्वदेशमै रोजगारी, सुख, संबृद्धि र बिकास चाहीएको छ । जो अहिलेको राजनीतिक ब्यबस्थार र यो ब्यबस्थाका सञ्चालक बट सम्मभव देखिदैन । किनकि यो ब्यबस्था पनि नेपालमा असफल भैसकेको छ । भिजन शून्य यो ब्यबस्थाका सूत्रधारहरू बाट देश बासीले केही राम्रा कुराको आशा गर्न निरर्थक छ, यिनीहरूले आफनो सत्ता स्वार्थका लागी एक आध दशक भित्रै नेपालको अस्थित्त्व मेटाउने छन, यदि नेपाली जनताले यिनीहरूका बिरुद्ध समय छदै बिद्रोह गरेनन भने ।
यो ब्यबस्थाको बिकल्प किन ? नेपाली जनताले अत्येन्तै ठूलो संघघर्ष गरेर प्राप्त गरेको गणतन्त्र जो अजै राम्रो सित खुट्टा सम्म टेकन पाएको छैन । यो ब्यबस्थालाई नेपाली जनताले पूर्ण रूपमा उपभोग गर्न पनि पाएका छैनन येस्तो अबस्थामा यो गणतन्त्रको बिकल्पका रूपा एउटा इमानदार देशभकत तानाशाहको कुरा झट्ट कसैको गलाबाट नछिरे पनि जति आदर्शका कुरा गरेपनि जति गणतन्त्रको कुरा गरेपनि गणतन्त्रका नाममा अहिले देशमा जून भद्रगोल तन्त्रको रजाइ चलेको छ यस बाट नेपाली जनताले जुन दुख पाएका छन,शिक्षा स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा सर्बसाधारण नेपाली जनता को पहुंच भन्दा टाडा हुन जादा अब सर्बसाधारण नेपाली जनता जसरी नेपालमा बस्न नसकने अबस्था पैदा भएको छ, नेपालको राष्ट्र्ीयता माथिजसरी भयानक ठूलो शङ्कट पैदा भएको छ, देशमाजून प्रकारको अराजकता पैदा भएकोछ, यी याबत कुरालाइ अब यो गाइजात्रे गणतन्त्रले समालन सक्दैन । अब नेपालमा उत्पनन यो बिकराल समस्या समाधान गर्नका लागी एउटा शसक्त शासकको खाचो महसूस संपूर्ण देश बासीले गरेका छन । नेपाली जनतामा पैदा भएको यो भावना बाट फाइदा उठाएर कुनै गलत प्रबृतिले टाउको नउठाउस भन्ने असल नियत बाट एउटा देश भक्त तानशाहको माग गरेको हो । जसले कमसे कम यो नेपाल भन्ने राष्ट्र् लाई बाचयी राखने काममा नेतृत्व दाई भूमिका खेलेर सम्पूर्ण नेपाली लाई सगर्भ ठाडो शीर गरेर“ हामी नेपाली भन्न सकने अबस्था रहीरहोस ।”
हुने बिरुवाका चिल्ला पात नहुने बिरुवाका खस्रो पात भने झै यो गाइजात्रे गणतन्त्रका खस्रा पात देखाई सकेका छन । शिक्षामा ब्यारिक करण मात्रै होइन, कालो बजारी सम्म शुरुभएका कारणले अब सर्ब साधारण गरीब नेपालीका छोरा छारीहरू शिक्षाको उज्यालो बाट बञ्चित हुन थालेका छन । साधारण तर्फका शिक्षण संस्थाहरू ठूला पार्टीका कार्यकर्ता भर्ति केन्द्र र सरकारका लागी सेतो हात्ती जस्ता भएका छन । साधाण शिक्षण संस्थाका शिक्षहरू आफना छोरा छोरी लाइ नीजि बिद्यालयम पढाउछन ्आफूहरू बिभिन्न पार्टीको काम गरेर पढाउने काममा लापर्बाही गर्छछन । साधारण विद्यालय प्रति अबिश्वास पैदा गर्नेकाम स्वमय तिनै विद्यालयमा पढाउने शिक्षक बाट भएको । कतिपय साधारण विदालयमा विद्यार्थी भन्दा शिक्षक धेरै भएका खबरहरू पनि बेला बेलामा पढन र सुन्न आउछ । आर्काे सबैले ध्यान दिन पर्ने कुरा साधारण विद्यालयका कतिपय शिक्षकहरूले शेयर राखेर नीजि विद्यालय पनि सन्चालन गरेका कारणले पनि उनीहरूको ध्यान आफूले तलव लिने विद्यालयमा भन्दा आफनौ शेयर भएको विदालयमा बडी देखिने गरेको छ । यति मात्रैहोइन देशचलाउने नेता माननीय र मन्त्रीहरूको शेयर समेत नीजि विद्यालयमा परेकोहुदा सबैको ध्यान उतै नाफा कमाउने तर्फ हुने र सामुदायिक विदालय उपेक्षित हुने भएकाले एक दिन धेरै सामुदायिक बिद्यालयहरू विद्यार्थी नपाएर बन्दहुने अबस्थाम पुगने छन ।
बर्षादि च्यउ उम्रे जस्तै देशै भरी खोलीएका नीजि विद्यालयको अवस्था पनि ज्यादै असमान देखिन्छ । एक थरी साधन स्रातले संपन्न ज्यादै महगा विद्यालयहरू जाहाउपल्लातहका सरकारी ओहोदामा पुगेका ब्यकित, ठूला ब्यपारी,नेता र कालाबजारियाका छोरा छोरीहरूले मात्र पढन सक्छन । आर्को थरी मध्यम स्तरका निजी विदालयहरू जाहा मध्यम वर्गका परिवारका वाल वालीकाहरूले पढन सकछन । तेस्रो प्रकारका नीजि विदालयहरू जाहा खाडीका देशमा कम पैसामा काम गर्ने र नेपालमा पनि सानो तिनो पेशा वा ब्यबसाय गर्नेहरूका बाल बच्चाहरूले मात्रै पढने गर्द छन ।
उपल्लो तहका निजी विद्यालयमा पढने अवसर पाउनेहरूले डाक्टर ईञ्जिनियर का सथै सरकारी सेवामा पनि उपल्लो तह सम्म पग्नेठाउ भेटाउछन्, मध्यम तहका निजी विद्यालयमा पढनेहरू मध्ये केहीले डाक्टर ईन्जिनियर र सरकारी सेवामा पनि उपल्लो तह सम्म पुगने अवसर भेटाउछन भने अरुले ब्यापार ब्यबसाय अदिमा लाग्दछन ।आजको अवस्थामा तल्लो तहका निजी विद्यालयमा पढने विद्यार्थीरू दश कक्षामा पुग्न नपाउदै कामको खोजीमा खाडीका मूलुक तिर लागदछन । यहा मननयोग्य कुरा के छ भने सामुदायिक विद्यालयमा तलव पनि धेरै छ र अन्य सुबिधाहरू पनि धेरै छन तर शिक्षकहरूल मिहिनेत गरेर पढाएको देखिदैन तर निजी द्यिालयहरूमा शिक्षकहरू लाइ तलव पनि अत्यन्तै काम दिइन्छ र अन्य सुविधा पनि केहि हुदैन तर त्यहा शिक्षकहरूले धेरै मिहिनेत गरेको देखिन्छ ।
शिक्षा क्षेत्रमा भएको ब्यपारिक करणका कारणले सामाँन्य आय भएका परिवारले आफना सन्तती लाइ राम्र शिक्षा दिन सकने अवस्था छैन । आर्थिक अभावक कारणले योग्य छात्र पनि उपल्लो तहको शिक्षा प्राप्त गर्न बाट बञ्चित हुने र आर्थिक अबस्था बलिया भएका घरका केटा केटीहरू पढन कमजोर भए पनि पैसाक बलमा डाक्टर वा ईन्जिनियर बनेर आउने गर्न थाले पछि देशको अस्था झनै बिकराल बन्दै छ । पैसाको बलमा डाक्टरी पढेर आउनेहरू लाइ डाक्टरीको प्रमाण पत्र मानछे मार्ने लाइसेन्स जस्तो भएको छ र चिकित्सा सेवा धेरै महगो भएको छ । डाक्टर बन्न लागने एक करोड जति रकम अशुल उपर गर्न डाक्टरहरूले महगो झन्झटिलो परिक्षण बिधि द्वारा रागीहरू सित धेरै रकम असूलने काम गर्द छन । तर सही रोग पता लगाएर उपचार गर्न नसकदा ठूलो धन राशी खर्च गर्दा पनि रोग निको नभै धेरै मानछेको ज्यान जाने गरेको छ ।
फेरी अचम्मको कुरात के छ भने, नेपाल सरकारको उच्चओहोदा पुगेका कर्मचारीका छोरा छोरीरू रनेपालका धनाड्य घरानाका छोरा छोरीहरूले पैसाका बलमा डाक्टर वा इन्जिनियर हुने मौका पाउछन् । तिनीहरू मध्य अलि क्षेमता भएका हरू बिदेश तिर जान्टन बिदेश नलिनेहरू मात्रै नेपालमा बसेर काम गर्दछन । नेपाली जनताको रगत पसिना बाट असूलको रकम बाट ठूलो धन राशी खर्च गरेर डाकटर र्यन्जिनियर बन्ने रदेश लाइ धाृखा दिएर बिदेश पलायन गर्ने हरूको ठूलो संख्या छ नेपालमा ।
शिक्षा र स्वास्थ्य क्षेत्र मात्रै होइन, उद्योग, ब्यापार, याता यात, कृषि, पर्यटनका साथै सम्पूर्ण क्षेत्र अस्त ब्यस्त छ । जताततै चरम भ्रष्टचार छाएको छ । शासन सत्ता सन्चालन गर्ने राजनीतिक दलहरूनै चरम भ्रष्टाचारी भएका कारणले नेपालको सबै क्षेत्र भ्रष्ट बनेको छ । कतै बाट सधारका लक्षणहरू देखिन सकेका छैनन । सत्तामा पुगेका राजनीतिक दलहरूले गरेको ब्रमलूट देखेका अन्य राजनीतिकदहरूले पनि सत्तामा पुगेर आफूले पनि ब्रमलूट गर्ने उद्देश्यका साथ आदर्श बिहीन आन्दोलन गरेर जनता लाइ दुख दिने काम गरीरहेका छन । जसका कारणले आम सर्ब साधरण जनताको जीवन कष्टकर मात्रै होइन नेपालको राष्टीय सम्प्रभूता माथिनै सङ्कट उत्पन्न भएको छ । आजको राजनीतिक ब्यवस्था, शासनप्रणाली, राजनीतिक दल र यी दलका नेताहरू बाट अहीलेको देशको भयाबह भद्रगोल र अराजक अबस्था लाइ नियन्त्रण गरेर राष्ट्र््र लाइ जोगाएर बिकासको बाटोमा डोराउन सकने सम्भावना अत्येन्तै कम देखिन्छ । तेसकारण नेपाल लाइ यो शङ्कट बाट जोगाएर बिकासको बाटोमा अंगाडी बडाउन कमसये कम डेढदशक यहा एउटा इमानदार देशभकत तानाशाहा यदि यो तानाशाह भन्ने शब्द कसैलाइ मन पर्दैन भने कडा बिधिको शासन जाहा सबैलाइ राष्ट्र्सित बिश्वास घात वा बिकासको काममा अबरोध गर्न नपाउने र नसकने नियम लागुहोस ।
अघिल्लो समाचार
Comments