कपिलवस्तु ,असार२८
कपिलवस्तुको वाणगंगा नगरपालिका बाट नगरस्तरिय कार्यक्रम वाणगंगा नगरपालिकाकाे पशु सेवा वाट ७०%नगरपालिकाले छनाेट गरि १० जना किसानलाई वाणगंगा नगरपालिका पशु सेवाले विधुतिय ( च्यापकटर ) घाँस काटने मेसिन ७०%अनुधानमा दिएको छ। उक्त सामाग्री वाणगंगा नगरपालिका वाड न १ वडा अध्यक्ष बालकुमारी पन्थ र पशु सेवा साखाका प्रमुख राजकुमार तिवारी वाट हस्तान्तरण गरिएको हाे।उक्त सामाग्री पाउनेहरू मा वाणगंगा नगरपालिका वडा न १ प्रेणा कृषि तथा पशुपन्छी फर्म ,वडा न.४सालडाडाकाे साईराम गाईपालन फर्म,वडा न.४ बाटै पराजुली पशुपालन तथा कृषि फर्म ,वडा न ५बाट भट्टराई भैंसीपालन फर्म त्यसरी नै वडा न५ बाटै सपना घाँस श्राेतकेन्द्र तथा पशुपालन फर्म,वडा न ६ बाट बिष्णु कृषि फर्म ,वडा न ६बाटै कृषा पशुपालन फर्म त्यसैगरी वडा न ७ बाट बसन्ता भैंसीपालन फर्म ,वडा न८ बाट कुबँर कृषि तथा पशुपन्छी फर्म र वडा न ११ बाट रूबिका बाख्रापालन तथा कृषि फर्म गरि ७वटा वडा बाट १०वटा कृषि फर्मलाई उक्त सामाग्री हस्तान्तरण गरेकाे छ। शाखा प्रमुख तिवारीले यसरी नै किसानहरूलाई प्रशंसा गर्ने र आफ्नै घरमा यसरी नै फर्म खाेलि आत्मनिर्भर बन्न सुझाव दिनुभएको छ।