गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि, ५९ जना काेराेना संक्रमण मुक्त

0

गोकर्ण पाण्डे/गुल्मी। गुल्मीमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।एन्टिजेन परिक्षाण गर्दा २६ जना पिसिआर परिक्षण गर्दा ४ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा दुई जना, रुरुक्षेत्र गाउँपालिकामा १२ जना,छत्रकाेट गाउँपालिकामा दुई जना,कालीगण्डकी गाउँपालिकामा पाँच जना,धुर्कोट गाउँपालिकामा छ जना चन्द्रकाेट गाउँपालिकामा तीन जना,गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४२८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ५९ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार छ सय ४८ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

global bank
Comments
Loading...