वन डढेलोबाट बचौ र बचाऔं

कपिलवस्तुमा आगलागी हुदा लाखौँको क्षति

0

कपिलवस्तु ।

कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्ण नगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गए रति करिब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

 

मच्छड़ धपाउनको लागि भित्र गूइठामा आगो सल्कीएयाको अवस्थामा सोही आगो सल्किएर घर जलेको हो । आगलागीबाट लात्ता कपडा,धान, चामल,दाल ,दाउरा, केही नगद सहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् । सो आगलागीबाट करिब १ लाख ५ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

 

आगलागीबाट घिरे कोरीको घर जलेर नष्ट भएको भिल्मी प्रहरी चौकीका इन्चार्ज शम्भु धितालले जानकारी दिनु भएको छ । आगोलाई स्थानीयले स्थानीय स्रोत साधनबाट नियन्त्रणमा लिएको स्थानीय निवासी नरेश यादवले जानकारी दिनु भयो ।

Comments
Loading...