कालीगण्डकी डाईभर्सन बारे
मेघराज ज्ञवाली
अज्ञानता र लोभ ब्यक्तिका शत्रु हुन ।अज्ञानताका करणले ब्यक्ति लोभी हुन्छ । लोभी ब्यक्तिले समाज लाई दुषित गर्दछ र राष्ट््र लाई बर्बादपार्दछ । अहिले नेपालको राजनीति निकास बिहीन अवस्थामा पुगेकोछ तर पनि आम नेपाली जनता लाई यो बिषयले कुनै प्रभाव पारेको देखिदैन । किनकि अहिले कुनै बिश्वास गर्ने लायक राजनीतिक बिकल्प देखा परेको छैन । त्यसकारण संसद पुनस्थपना हुँदा वा नीबार्चन हुादा दुबै अबस्थामा यिनै भोटका ब्यापारीहरूका हातमा सत्ता पुगनेहो । यिनीहरूको बाँदरे लडाँई नेपाली जनता लाई “कौवालाई बेल पाके”जस्तो भएकोछ । देशको बिसम राजनीतिक अवस्थाले पनि जन चासो बडाउन नसकेको अवस्थामा “काली गण्डकी डाइभर्सन”को बिषयले सिङ्गो नेपाल एका एक तरिङ्ग हुँन पुगेकोछ । काली गण्डकी डाईभर्सनको बिषय लाई कतिपय मान्छेले कुनियत बस र कतिपय मान्छेले राजनीतिक कारणले बिरोध गरेर जनतामा भ्रम श्रृजना गर्ने काम गरेका छन । त्यसकारण देशभक्त नेपाली जनता “कालीगण्डकी डाईभर्सन” योजनको रक्षाका लागी मैदानमा उत्रन आबश्यक हुँन गयो । “कालीगण्डकी डाईभर्सन” योजना सफल हुँदा केबल रुपन्देही, कपिलवस्तु र परासी जिल्लाका जनता मात्रै लाभान्वित नभै यो योजना बाट उत्पादन हुँने बिजुजी राष्टिीय प्रसारणमा जोडिदा सिङ्गो नेपाल लाभान्वित हुनेछ ।
अहिले “कालीगण्डकी डाईभर्सन” योजना लाई तुहाहुन, “ यो योजना भारतले बनाउन लगाएकोहो यस योजना बाट नेपाल लाई होईन भारत लाई फाईदा हुन्छ” भनेर नेपाली जनता लाई भडकाउने प्रयास हुँदै छ । के यही कुरा सत्यहोत । यो कुरा सत्य होई । किनकि काली गण्डकी डाईभर्सको कुरा २००८ । ९ साल तिर बाट उठदै आएको थियो र काली गण्मकीको पानी तिनाउ खोलामा झार्न सम्भव छकि छैन भनेर त्यतिबेलानै “मेप” सर्बे भैसकेको थियो । यो कुरा लाई स्पष्ट पार्न यहाँ अलिकति बिगतको राजनीतिक सन्दर्भ पनि उल्लेख गर्न पर्ने भयो । २०४० तिरको कुराहो त्यतिबेलाको एउटा शक्तिशाली कम्युनिष्ट घटक ने क.पा(चौम) फूटेर तीन चीरा भए पछि देश भित्र संगठनको अवस्था ज्यादै कमजोर भए पछि मोहन बिक्रम सिंहले नेतृत्व गरेको ने क पा (मसाल) ले भारत प्रबासको अखिलभारत नेपाली बाम पन्थी युबक मोर्चाको जिम्मे बारी बाट निकालेर देश भित्रको अखिल नेपाल किसान सङ्गठनको जिम्मा दिएर पठायो मलाई । बडो मिहनेतका साथ पार्टीको केन्द्रीय कार्यालय बाट किसान सङ्गठन नीर्माण गर्दा सम्पर्क गर्ने भनेर दिएका देशभरका सबै ठाउँमा पुगियो । समय र रीड खोजेर काम चलाएका पैसा मात्रै बर्बाद भए संगठन नीमर्णा गर्न सकिएन । चलन कस्तो थियो भने किसान संगठनमा पुढा निस्कृय मान्छे खोजेर राखने । नेपाल कृषि प्रधान देश भएकाले जबतक किसानहरू संगठित भएर आन्दोलनमा उत्रदैन तबतक नेपालमा कुनै राजनीतिक परिवर्त हुन सक्दैन । यस्ताो अवस्था त्यतिबेला पनि थियो र अहिले पनि छ । तर निस्कृय बुढा मान्छे बाट संगठन बलियो भएर आनदोलन अँगाडी बडन सकदैन । म लाई यो कुरा त्यति बेला देखिनै लाग्यो र पार्टीको केन्द्रीय कार्यालयले े दिएको योजना भन्दा अलि फरक तरिकाले केही निश्चित जिल्लाका पनि सानो भूगोल लाई केन्द्र बनाएर रुपन्देही र कपिलवस्तुमा काम गर्न थालीयो । कपिलवस्तुको जमूहार नदी देखि पूर्ब परासी को सीमा सम्म लाई बिषेश कार्य क्षेत्र बनाएर लगातार चार पाँच महिना लगाएर काम गर्दा पनि किसान संगठन नीर्माण गर्न सकिएन । मलाई त्यो काम गर्न कपिलवस्तुको डूमरा पञ्चायतको मुगहरी गाउँका बलेश्वर पासीले बाँचन जनी मेरो छायाँ बनेर साथ दिए । गाँउ गाँउमा सम्पर्क उनलेै मिलाउथेर म उनी सित त्यहाँ पुगेर किसानहरूका बीचमा राजनीतिक कुरा गर्दथे । जतिसुकै मिहनेत गर्दा पनि किसान संगठन नीर्माण गर्न सकिएन । म मा नीराशा आउन थाल्यो । सकिने भएन किसान संगठन नीर्माण गर्न भनेर । म नीराश भएको देखे पछि बलेश्वरले भने, “हेर भाइ तिमीले आज सम्मगर्दै आएका सपनाको सन्सार नीर्माण गर्ने जस्ता कुराले जनतामा कुनै चासो जागेन अब बिपनाको कुरा गर । अर्थात जनताले तत्काल भोग्गन परेका समस्या कसरी समाधान गर्ने भन्ने बिषयका बारेमा कुरा गर ।” मेरो सल्लाहकार,मेरो राजनीतिक अभिभावक बलेश्वर पासी अँगूठा छाप हुँदा हुँदै पनि उनीले अप्ठारो बेलामा दिने गरेका सुझावले मैले मधेशी जताको बिश्वाँस र मायाँ पाएँ । बलेश्वरले जनताले दैनिक भोगन परेका समस्या बाट कुरा शुरु गर्न पर्छ र जनताले बिश्वाँस गर्छन भने पछि मैले जनताले तत्काल भोगीरहेका समस्याका बारेमा सोंचन थाले । अगिल्लो राती हथिहवा पञ्चायतको दलित र गरिव जनताको बाहुल्यता भएको गनवरिया गाँउका जनता सित रात भरी छलफल गरेर आर्का दिन उत्तर लागियो । भदौरे चर्का घाम बाटोमा पर्ने कम्मर भन्दा मथि पानी तर्न पर्ने घोलाहरू पार गर्दै भोकै प्यासै दिनको बारह बजे तिर कटेयाभार िपिपरहा भन्ने गाउँमा बलेश्वरको ससुरालीि घरम पुगियो । सदै बाटामा हिडदा बलेश्वरले थरी थरीका कथा कहानी सुनाउथे । मैले सुन्ने गर्दथे बलेश्वरले सुनाउने कथा कहानीले मधेशको संस्कृति, परमपरा र सभ्यता बुजन मलाई मदत हुन्थ्यो । तर त्यसदिन बलेश्वर पनि चूपचाप हिडे । मैले पनि जनताले भोगन परेका समस्या के के हुन भनेर सोंचदै हिडन थाले । हामीले जून क्षेत्र लाई आफनो कार्य क्षेत्र बनाएका थियौ त्यहाँका जनता माथि अन्याय भएकोछ अत्याचार गरिन्छ, सामन्ती उत्पिडनछ, गरिबीछ । जनताका सबै समस्याको समाधान गर्ने सरकारलेहो । सरकारमा यिनैन अत्याचारीहरूछन । त्यसकारण सरकारलेत नेपाली किसानका समस्या समाधान गर्ने भएन । बिकल्पको बाटो भनेको आन्दोलन मात्रै देखा प¥यो । आन्दोलन गर्न संगठन बलियो हुन पर्छ । संगठन छँदै छैन । मनले समाधानको बाटो भेटाउनको साटो झन ठूलो उल्झनमा परो । लवनी पञ्चायतको कटेया भारी र पिपरहवा गाउँ पनि पासीहरूको बाहुल्यता भएको गाउँहो । राती मान्छेत यति धेरै जूटे आमसभा जस्तो भयो । तर पासी गाउँत भयो । रातीका पासी रक्सीले धेरै जसो मात्तिई सकेका थिए । कुरा गर्ने मेसोनै परेन । तर त्यो गाउँमा कुरा गर्ने मेसाृे नपरेको भए पनि मेरो समस्यको गाँठो फूक्यो । ती रक्सीले मात्तिएका मान्छेको भिड बाट कसैले, “जसले देहाती अर्थत भूताहा बाँध बधाई दिन्छ हामीले उसैको कुरा सुन्नेछ”ौं भनेर चिच्यायो । त्यो जडेहाको गर्जन मलाई अन्धाले आँखा पाए जस्तो भयो । अर्का दिन हामी मुगहरी बलेश्वरको घरमा फक्र्याैं । म चार पाँच दिन मुगहरी बसेर कपिलवस्तुका जनता लाई प्रभबित पार्ने आठ दश ओटा बिषका बारेमा सोंचेर माँग पत्रका रूपमा लिपि बद्घ गर्ने काम गरे । जसमा सिंचाई लाई प्रमुख बनाईयो । बिषेशगरेर भूताहा बाध, श्रृङ्गीघाट बाँध र राप्ती नदीको पानी कपिलवस्तुमा ल्याउने बाँध र तौलिहवा बैरिया पक्की सडक जिल्लाको उत्तरी क्षेत्रमा कृषि क्याम्पस । अब राजनीतिक कुरा छाडेर जनताका बीचमा ती समस्या समाधानका लागी माँग गर्न पर्छ भनेर फेरी गाउँ गाउँ घुमन थालियो । जनतले भोगीरहेका समस्या समाधान गर्न आवाज उठाउन पर्छ भनेर जनताकसरा बीचमा जान थालेकोत चारै तिर बाट समर्थथ हुान थाल्यो । यदि सिंचाई सुबिधाका लागी आन्दोलन गरेर जेल जान परे पनि तयारछौ भन्न थाले किसानहरूले । ती माँगका आधारमा किसान आनदोलन पनि उठाउन सक्ने देखियो तर अखिल नेपाल किसान सघका छाता मुनी भने आम जनता लाई आनदोलनमा उतार्न नसकिने भयो । त्यसकारण जनस्तर बाट, “कपिलवस्तु बिकास परिषद” गठन गरेर आनदोलन शुरु गरियो । त्यो आन्दोलनले राष्टीय आन्दोलाको रूप लियो । अब कपिलवस्तुको अनुभव बाट रुपन्देहीमा पनि किसान आन्दोलन उठाउ सकिन्छ भन्ने आँटका साथ काममा लागियो र रुपन्देहीमा पनि सिंचाईको मुद्दा लाई प्रमुख बनाउने काम भयो । टेकबहादुर पन्थी रुपन्देहीमा भूमिसुधार अधिकारी भएको बेला दानव नदीको कचना घाट बाट नहर निकाल्न जनश्रमदा द्वारा केही प्रयास गरिएको रहेछ त्यसकारण एउटा माँग दानव नदीको कचना घाटमा पक्कि बाँध बनाउन पर्छ भन्ने भयो तर यतिले मात्रैत सिङ्गो रुपन्देही जिल्लामा सिंचाईत हुन सक्दैन त्यसकारण आर्को महत्वपूर्ण माँग काली गण्डकीको पानी तिनाउमा झार्ने सोंच आयो । तर कालीगण्डकीको पानी तिनाउनदीमा ल्याउन सम्भव होलाकि नहोला भनेर हाम्रो बीचमा छलफल शुरुभयो । सम्भबनै नभएको कुरा लाई माँगका रूपमा उठाउँदा जनतामा अलि अलि पलाउन थालेको हामी प्रतिको बिश्वाँस पनि समाप्त हुने डर हुँन थाल्यो । त्यसकारण कालीगण्डकी डाईभर्सनका बारेमा बिज्ञहरू सित छलफल गर्ने उद्देश्यले काठमाण्डू पुगियो । जलश्रोत बिज्ञहरू सित कुराकानी गर्ने ब्यबस्था मिलाउने बिषयमा सर सल्लाह गार्न बाबुराम भटराई लाई भेटन भूरुङ्ग खेल पुगदा त्यहाँ टोपबहादुर रायमाझी लगाएतका अरु साथीहरू सित पनि भेट भयो । डाक्टर बाबुरामको बिषेशता भनेको उनी राम्रो अध्यताहुन र आफूले अध्यन गरो बिषको सदै याद राखेका हुन्छन । हममीले जब कालीगण्डकी डाईर्भनको बिषयमा चर्चा गर्न शुरु ग¥यो तव बाबु राम भटराईले यस बारेमा “मेप” सर्बे २००८।९ साल तिरनै भएककोछ । काली गण्डकीको पानी तिनाउ नदीमा ल्याउन सकिन्छ भने पछि काली गण्डकाी डाईभर्सनको माँग लाई प्रमुखता दिएर रुपन्देहीमा किसान आन्दोलन उठाने बिषयमा सहमत भयौं ।त्यस पछि घनश्याम यादबको संयोजकत्वमा रुपन्देही कल्याण कारी समिति बनाएर आन्दोलन शुरु भयो । कालीगण्डकीको पानी तिनाउ खोलामा झारेर रुपन्देही, कपिलवस्तुर नवलपरासीमा सिंचाईको ब्यबस्था गर भने शुरु भयोको आन्दोलन लाई रुपन्देही बाट त्यो समयमा प्रकासित भएका पत्रपत्रिकाहरू जस्तै बाबुराम अर्यालको सम्पादनमा निष्कने दैनिक सिद्घार्थ, कर्णबहादुर कार्कीको संपानमा निस्कने दैनिक लुम्बिनी, प्रताप भट्टचनको सम्पादनमा निस्कने दैनिक निर्ण,एक्सरे, बालकृष्ण चापागाईको सम्पादनमा प्रकासित हुने जनसंघर्ष, नारायण सापकोटाको सम्पादनमा प्रकासित हुने मुक्तिशन्देश हरूलेत काली गण्डकी डाईभर्सनको बिषय लाई पटक पटक प्रमुख समाचार बनाउनुका साथै सम्पादकिय समेत लेखेर प्रचार गर्न थाले । काली गण्डकी डाईभर्सनको बिषय लाई काठमण्डू बाट प्रकासित हुने, मात्रृभूभि, नयाँ सन्देश, समिक्षा, डेली डायिरी बिमर्स, नेपाल पत्र, समाज जस्ता पत्रिकाहरूले पनि प्रमुख समाचार बनाएर छापने काम गरे । भारतले नाका बन्दी लगाउनु भन्दा पहिले कपिलवस्तुको बिकास परिषद र रुपन्देहीको कल्याँण कारी समितिले अँगाडी सारेका माँगहरू र ती माँग पुरा गराउन गरेको आन्दोलन राष्टको प्रमुख आन्दोलन बन्यो । त्यो आन्दोलन लाई त्योबेलाको देशको प्रमुख आन्दोल बनाउने काममा समाचार माध्यको महत्वपूर्ण भूमिका रह्यो । भारतले नाका बन्दी लगाए पछि सारानेपाल भारतीय नाका बन्दीका बिरुद्घ खडाहुन गयो ।जो जायज पनि थियो र काली गण्डकी डाईभर्सको मुद्दा पृष्ठ भागमा परो ।त्यस पछि काली गण्डकी डाईभर्सनका बारेमा खास चर्चा हुन सकेन । मदन भण्डारीले एमालेको पाँचौं माहाधिबेशनका सन्दर्भ कालीगण्डकी डाईभर्सनको चर्चा गरेको सुनिएको भए पनि खासै महत्वका साथ जनचासो जागेको पाइएन…। राप्तीको पानी कपिलवस्तु र कालीगण्डकीको पानी रुपन्देहीमा ल्याउन पर्छ भनने माँग राखेर गरिएको आन्दोलनले कपिवस्तु र रुपन्देहीमा धेरै नेता जन्मायो । त्यो आन्दोलन बाट जन्मेका नेताहरू मध्य कतिपय मान्छे संबिधान सभासदस्य भए, कति सांसद र मन्त्री सम्म भए तर तिनीहरू मध्य कसैले पनि कालीगण्डकी डाईभर्सनको बिषय लाई उठाएनन । सबैलेले भूले ।. पञ्चायती शासन काल देखि आज सम्मको इतिहास हेर्दा लुम्बिनी अञ्चलले सत्ताको केन्द्र भागमा प्रभाव पार्न सक्नेधेरै नेता जन्माउन सकेको देखिदैन ।थेरै संख्यामा देखा परेका नेताहरूले पनि यो अन्तर्राष्टीय क्षेत्रमा पनि बिषे महत्व राखने अञ्चलका लागी खासै केहीगर्न सकेनन । पञ्चायती शासनकालको कुरा सम्झनेहो भने श्री रबिन्द्र नाथ शर्मा यो अञ्चलका महापञ्चका अगुव थिए । उनीको पहुँच पञ्चायती सत्ताको केन्द्रमा प्रभावकारी थियो । उनी राजाले पनि राम्रो सित चिनेका मान्छे थिर्ए । रबिन्द्र नाथ शर्माले ध्यान दिएको भए काली गण्डकी डाईभर्सनको बिषय उती बेलै शुरुहुन सक्दथियो । २०४६ सालको पविर्तन पश्चात पनि ढुण्डी राज शास्त्री। दिपकुमार उपाध्याय र बलकृष्ण खाँण आदि सत्ताको केन्द्र भागमा प्रभाव पारेका नेताहरू देखा परे तर कसैको पनि ध्यान काली गण्डकी डाईभर्सनका बारेमा गएन । तर जव बिष्णु पौडेल आफूले केहीगर्न सक्ने अवस्थामा सत्तामा पुगे त्यस पछि यसक्षेत्रमा कालजयी प्रभाव पार्ने धेरै ठूला ठूला योजनाहरू सरकार बाट पास गराएर लागु गराए जस्मा काली गण्डकी डाईभर्सन ज्यादै महत्व पूर्ण योजनहो । यसकरण पनि बिष्णु पौडेल प्रसंसाका पात्र हुन । यति मात्रै होईन बिष्णु पौडेल दरुदृष्टि भएका राज नेता पनि रहेछन भन्ने कुरा पनि काली गण्डकी डाईभर्सनको बिषयले प्रमाणित गरिदिएकोछ । मान्छेको पहिचान नामले होईन काम बाट थाहा हुन्छ । तर काली गण्डकी डाईभर्सनको बिषयमा केही बेतुक्का सोरहरू सुनिएका कारणले यस बारेमा केही ऐतिहासिक पृष्ठ भूमि सहित प्रस्तुत हुन परेकोहो ।
काली गण्डकी डाईभर्सनको बिरोध गर्नेहरू मध्य कतिपयले काली गण्डकी एउटा सभ्यताहो त्यसकारण पनि यस लाई चलाउन हुन्न भन्दै छन । यो कुरा सत्यहो काली गण्डकी मात्रै होईन सबै ठूला नदी हरूले कुनै कुनै सभ्यताको प्रतिनिधित्व गरेका हुन्छन तर आज ज जसले काली गण्डकी सभ्यताको कुरा गर्दै छन उनीहरूका राजनीतिका पिताहरूले गण्डक संझौता गरेर लगभग सत्तरी बर्ष पलिेनै काली गण्डकी सभ्यता समाप्त पार्ने काम गरेका थिए । अलि अलि बाँकी रहेको काली गण्डकी सभ्यताको अंश लाई काली गण्डकी जलबिद्युत योजनाले समाप्त पारिदियो । काली गण्डकी नदीका काखमा धेरै तीर्थ स्थलहरू छन जसलाई हामी काली गण्डकी सभ्यता भन्न सक्छौ । ती तीर्थ स्थलहरू मध्य रुरु क्षेत्र र देवघाट क्षेत्र पनि पर्दद छन । रुर क्षेत्रत “तीर्थको धाम” पनिहो जहाँ प्रचीन कालमा धेरै रिषी मुनीहरूले तपस्या गर्द थिए । काली गण्डकी जलबिद्युत आयोजनाले रुरु धाम लाई बिस्थापित गरिदिएककोछ । यो समयमा रुरुमा बगने पानी काली गण्डकीको नभै बडी घाटको मात्रै भएकोछ । काली गण्डकी जलबिद्युत आयोजनका कारण रुरु क्षेत्रमा पर्ने दुष्प्रभावका बारेम स्वर्गीय बिनयकुमार कसजुले जोडदार आवाज उठाएका थिए तर त्यतिबेला कसैलाई पनि काली गण्डकी सभ्यताको याद आएन । काली गण्डकी डाईभर्सनके बिरुद्घा सर्बोच्च अदालतमा परेको उजुरीका आधारमा कालीगण्डकी डाईभर्सनको काम रोकने परमादेश दिने क्रममा कालीगण्डकी नदी शालिकराम पाईने धार्मीक नदी भएको र पर्याबरणमा पनि प्रतिकूल असर पर्ने जस्ता बिषय समेतको उल्लेख भएको रहेछ । काली गण्डकी गङ्गा धार्मीक दृष्टिले धेरै महत्वपूर्ण नदीहो । जून नदीको काखमा रुरुधाम जस्तो अतिनै महत्वपूर्ण तीर्थ हुनुका साथै शालिकराम जस्तो पबित्र पत्थर पाईन्छ जसलाई भगबान बिष्णुको शिलाका रूपमा हिन्दु धर्माबलम्बी हरूले पूजने गर्दछन । काली गण्डकी जलबिद्युत योजनका कारणले आज रूरू धाम उजाड खोलाको बगरमा परिणत भएकोछ । हिन्दुहरूले बिष्णु भगबानको शिला भनेर पुजिने शालिकराम पत्थर स्थानीय सरकारको ठेक्काका कारणले नीर्माण सामाग्रीका रूपमा प्रयोग भएकाछन । पर्याबरणको बिषय पनि पहिलेनै गण्डक नहरर र कालीगण्डकी जलबिद्युत योजनाका कारणले जे जति नकारात्कमक असरेकोछ त्यो बाहेक काली गण्डकी डाईभर्सन बाट पर्नेवाला छैन । यदि सभ्यताको कुरा गर्नेहो भने सबै नदीहरू लाई आफनो उद्गम स्थल देखि अन्तिम सम्म अर्थात समुद्र संम बिना अबरोध जान दिन पर्ने हुन्छ । सिन्ध घाटीको सभ्यता र मिश्रका सभ्यताहरू धेरै महत्वपूर्ण र प्रचीन हुन हाम्रा सबै नदीहरू कुनैन कुनै सभ्यता सित सम्बन्धित छन तर ती सबै नदीमा बाँध बाधने, नहर निकाल्ने र बिजूली किाल्ने काम भैरहेका छन । नेपाल बाट दक्षिण तर्फ बगने सबै ठूला नदीमा भारतले नेपालको सिमाना सित जोडेरै भने पनि हुन्छ बाँध बाधेकोछ । भारतीय बाँधका कारणले नेपालमा बर्षेनी डूबान भैरहकोछ । कोशी, गण्डकी र महाकाली नदीमात नेपालकै जमिनमा भारतले बाँध बाँधेकोछ । भारतले बाँध बाधे भन्दा अँगाडी हाम्रा पबित्र नदी हरू भारतका ठूला ठूला शहरको फोहोरो पानी फाल्ने ढलका रूपमा बगदैछन । यात हामीले नेपाल बाट बगेर दक्षिण तर्फ जाँने हामा्र पबित्र नदीहरू लाई कतैको पनि ढल मिसिन नदिकन स्वस्छ रूपमा अबिरल गतीमा अँगाडी बडन जहाँ जहाँ अबरोध भएकोछ त्यो हटाउन सक्न परो यो कुरा असम्भ हुन्छ भने जनताको संबेदन शील भावनामा खेल्दै नेपालको बिकासमा अबरोध गर्न भएन । अरु नदीमा बाँध बाधदा, सडक बनाउन जमिन खन्द,ा जङ्गल फँडानी गर्दा पर्याबरण पनि दुषित नहुने र प्राकतिक सुन्दरता पनि नबिग्रने केबल कालीगण्डकी डाईभर्सन बाट मात्रै नेपाल कुरूप हुनेत होईन होलानि ।
रुपन्देहीको बुटबलमा पनि तिनाउ नदीको बगरमा बसेका जनताका तर्फ बाट कालीगण्डकी डाईभर्सनका बिपक्षमा आवाज उठाउने प्रयास गरेको देखियो । नदी किनाराका बस्तीहरू सदै असुरक्षित हुन्छन भन्ने कुरा यस बर्षको बाडीले पुराएको धन जनको क्षति बाट बुजन जरुरी छ । २०३८ सालमा बुटबलको दाउरे बजार बगाएको कुरा बाट पनि बुटबल बासीले शिक्षा लिन जरुरी हुन्छ । मावन जातीले जति सुकै विज्ञान र प्रबिधिमा बिकास गरे पनि प्रकृतीको नियम माथी बिजय पाउन सकेको छैन । त्यसकारण बुटबलको नदी किनाराम बसेको बस्ती लाई सरकारले अन्यत्र उपयुक्त स्थनमामा सार्न पर्छ । जहाँतक चितवनको बन्यजन्तु आरक्षण क्षेत्रका बन्यजन्तुको बिषय लाई देखाएर कालीगण्डकी डाईभर्सनको बिरोध गराईदैछ, यो एउट प्रहसन जस्तो लागदछ । काली गण्डकी डाईभर्सनले चितवन बन्यजन्तु आरक्षण क्षेत्र लाईपानीको कमीत हुँदै हूदैन । किनकि त्रिशूली र सेती नदीको पानी प्रयाप्त हुनछ । फेरी काली गण्डकी डाईभर्सन योजना ले सबै पानी तिनाउ नदीमा झार्ने पनित होईन त्यसकारण कालीको जल पनित मिसिन आउछ । यदि चितवनको बन्यजन्तु आरक्षण क्षेत्रमा पानीको कमी भएकोछ र भश्यिमा पनिहुने खतराछ भने गण्डकनहरका कारणले हुनेछ कालीगण्डकी डाईभर्सका कारणले हुँदैन र हुँने छैन । कतिपय पर्याबर्ण बादीहरूले पनि पर्याबर्णको दुहाई दिदै कालीगण्डकी डाईभर्सनको बिरोध गर्नु आफनो धर्म बनाएकाछन । यनीहरूले सबै कुरा बुजेर बिरोध गरेका छन वा हावामा तीर चलाउने कोशिस गर्दैछन त्यो तिनीहरूको बिषयहो । हामी यस बारेमा यति मात्रै भन्न सक्छौ, बिभिन्न एनजिओ र आई एनजिओमा काम गर्ने ब्यक्तिहरूले आफनो पेशाको रक्षाका लागी पनि येस्ता बिषयमा बिरोध गर्ने गर्दछन । यदि पर्याबर्णको मात्रै कुरा गर्नेहो भने देशमा हुँन लागेका सबै बिकास नीर्माणका काम रोकन पर्छ । जून सुकै बिकास नीमार्णका काम गर्दा पनि पर्याबर्णमा नकारात्मक असर परेकै हुन्छ । आज पूर्ब मेची देखी पश्चिम महाकाली सम्मका सबै नदीहरू बाट गिट्टी बालुवा निकाल्ने ठेक्का भैरहेकाछन के त्यहाँ पर्याबर्णमा नराम्रो असर परेको छैन ? नेपालको धन हरियो बन आज उखानमा मात्रै सिमित हुँदैछ के त्यहाँ पर्या बर्णमा असर परेकोछैन । यस्ता अनगिन्ती उदाहरण छन जस्ले पर्या बर्णमा नकारात्मक प्रभाव पारेका छन र यस्ता गलत काममा आज ज, जस्ले काली गण्डकी डाई भर्सनको बिरोध गर्दैछन यिनीहिरूकोनै कुनैन कुनै रूपमा संलग्नता छ । देश बिकासको मार्गमा अँगाडी बडने क्रममा बिभिन्न क्षत्रमा केहीन केहि असरत पर्छनै तर हाम्रो सचेत प्रयास न्यून प्रभाव परोस भन्ने तर्फ हुन पर्छ । सबै भन्दा भद्दा तर्क काली गण्डकी डाभर्सनले भारत लाई फाईदा हुन्छ । भारतको उत्तर प्रदेशमा सिंचाई गर्न कालीगण्डकी डाईभर्सन योजना ल्याइएकोहो । यो भन्दा बिकास बिरोधी र राष्ट बिरोधी कुरा केहुन सकछ ? के काली गण्डकी डाईभर्सन गरे सिधै भारतमा नेपालको पानी लगिदैछ ? अथवा नहर नेपालमा मात्रै नीर्माण हुनेहो ? नहर भारतमा योजना छभने यसको बिरोध गरौ हामी सबैले । नहर भारतमा लैजाने कुनै योजना छैन । नहरत नेपाल भित्र मात्रै हुनेहो भने किन बिरोध गर्ने । नेपालमै सिंचाई विद्युत सुबिधाका लागी नीर्माण गर्न लागिएको योजना लाई भारत लाई पोस्न काली गण्डकी डाईभर्सन योजना ल्याईएको हो भनेर मिथ्या प्रचार गरेर जनता लाई भडकाएर नेपालमा हुन लागेको बिकास रोकने प्रयास गर्नेहरूनै भारतका लागी काम गर्ने पात्रहुनकि भन्ने शङ्का लागन थालेकोछ । । सबै लाई थाहा भएकै कुराहो गण्डक नहर नेपाली भूमिमा भारत लाई बनाउन दिएका कारणले भारतमात सिंचाई सुबिधा भएकोछ तर नेपालमा बर्षेनी बाडीको समस्या पर्नुका साथै नेपालको सुस्ता क्षेत्रको हजारौ बिघाह जमिनमा भारतले कब्जा गरेकोछ । काली गण्डकी डाईभर्सन भारतमा सिंचाई गर्न बनाउन लागिएकोहो । काली गण्डकी डाईभर्सन योजना ल्याउने भारतीय दलाल हुन भन्ने प्रचात कस्तोहो भने, “ कुनै एउटा चोरले चोरी गरेर भागन थालेछ । त्यो देखे पछि केही मान्छे चोर चोर चोर भन्दै चोरका पछाडी दौडन थालेछन । चोर धेरै बाठो रहेछ । उसले पनि चोर चोर भन्दै दौडन थालेछ । चोर पकडन बीच बीचमा सामेल भए दौडन थालेका मान्छेले चोर लाई पनि उछिनेर चोर चोर भन्दै दौडन थालेछन र चोर आफू साधु जस्तो भएर उम्केछ ।” जसका राजनीतिक पिताहरूले कोशी, गण्डकी र महाकाली भारत लाई बेचे आज तिनैका उत्राधिकारी हरूले जो केबल नेपालका लागी मात्रै काम आउने काली गण्डकी डाई भर्सनको बिरोध गर्न भारत सित जोडेर आफना राजनीतिका पिताहरू लाई पिण्डदान स्वरूप हुँने नहुने कुराहरू गोवेल्स शैलीमा गरेर गण्डक नहरको संरक्षणमा खडा भएकाछन ।
म सिद्घ हस्त लेखक पनि होईन र भाषाको राम्रो ज्ञान पनि छैन । मैले राजनीतिक जीवन यात्रामा देखेका, भोगेका, पढेका र सुनेका कुराहरू नेपालको भावी पिडीका लागी कालोमा सेतो गरेर छोडने प्रयास मात्रै गर्दै छु । त्यसकाराण भाषका दृष्टिकोणले वा लेखकीय बिधाका दृष्टिकोंणले यो प्रसङ्गको ऊचाई लाई भेटाउन नसके पनि यो सामाग्री तयार पार्न मलाई धेरै मिहनेत गर्न प¥यो । किनकि कालीगण्डकीको पानी तिनाउ नदीमा झारेर रुपन्देही, कपिलवस्तु र नवल परासीमा सिंचाई गर्न पर्छ भनेर २०४३।४४ साल देखि आन्दोलनको नेतृत्व गर्दै आईयो । बहुदलको पुनस्र्थपना पश्चात यो बिषय ओझेलमा परे पनि, मैले कपिलवस्तु लुम्बिनी र प्रस्ताबित बिश्व शान्ती शहर नामक स्यानो पुस्तिका प्रकाशित गरेर काली गण्डकी डाईभर्सनको आफनो मिशन लाई नीरन्तरता दिने काम भैरहेको बेलामा नेपाल सरकारका तर्फ बाटनै काली गण्डकी डाईभर्सन योजना आउँदा यसका बिरुद्घ आउने जूनसुकै बाधाका बिरुद्घ खडा हुन पर्ने मेरो नैतिक दयित्व हुन्छ ।
मेरो बिगत सकृय राजनीकि कर्मीको भए पनि आज आएर म केबल एउटा बिपश्वि साधक मात्रै हुम । त्यस कारण म अहिले सबै खाले राजनीकि धेरा तोडे बाहीर निस्की सकेकोछु । त्यसकारण मेरा लागी सबै राजनीतिक दलह र दलका मान्छेमा कुनै भेद छैन । जस्ले पनि देश हित जन हितमा काम गर्छ उस लाई समर्थन गर्ने र जो कसैले पनि अकुशल कर्म गर्छ उस लाई समर्थन नगर्ने भएकोछ । भारतीय नाका बन्दीका बेला लिएको अडानहोस वा नेपालको चुच्चे नक्सा प्रकशित गर्दाको बेलाहसो ती सबै बिषयमा समर्थन गरियो । अहिले काली गण्डकी डाईभर्सनको कुरा आयो योत आफनै पनि सपना भएकाले यस योजनाको रक्षामा उभिनुत आफनो धर्मनै भयो । यस बारेमा मात्र यति भन्न मन लागेको छ देशको चुच्ेच नकसाको हालत जस्तो कालीगण्डकी डाईभर्सनको नहोस
यहाँ जेजति बिषय उठाईएको छ ती सबैको बिस्तृत चर्चा गर्नेहो भने ठूलै पुस्तक तयार हुनेछ । यहाँ त्यो संभव भएन तर पनि केही स्पष्टिकरणका शब्दहरू नलेखनलेहो भने यस लेकले धेरै भ्रम पैदा हुन सक्छन । पञ्चायती शासनकालमा नेपालमा राजनीति गर्न, पुलिस, प्रशासन सेना र न्यायलको ऊच्चतहा पुगने ब्यकितले भारत सरकारको नेपाल नीति र नेपालको राजदर्बारको नीति बुजेर ती दुई शक्तिका बीचमा सन्तुलन मिलाएर काम गर्न पर्ने अवस्था थियो । आजको अवस्थामा नेपालमा राजनीति गर्न, सेना, प्रहरी, प्रशासन, न्याय, उद्योग, बिकास नीर्माण ब्यापार आदि सबै क्षेत्रको नेतृत्व तहमा पुगनका लागी भारत, चीन, अमेरीका र यूरोपीय यूनियन आदि देशहरूको नेपाल प्रतिको नीति बुजन जरूरी भएकोछ । जसमा भारतको भूमिकाका बारेमा बिषेश रूपमा जान्न पर्ने हुँदो रहेछ । भारतले नेपालमा अरु जेजस्ता राजनीतिकदल खोलेर बहस भए पनि कुनै बिषेश चासो राखदैन रहेछ । एउटा मात्रै मुद्दा अर्थात जव नेपालमा नेपालको राष्टीयताको कुरा उठन थाल्छ तव भारत आक्रमणात्मक भएर आउँदो रहेछ । हिमाल, पहाड, तराई नेपालको सबै थाउँमा भारतीय गुप्तचर संस्था “रअ”को बलीयो नेटवर्कले काम गरेकोछ । नेपालको राजनीतिक क्षेत्रको केकुरा गर्ने सत्तामा पुगनका लागी मात्रै होई आ आफना पार्टी सञ्चालन गर्न समेत धेरै जसोराजनीतिक दलहरूले भारतीय दुताबास बाट पैसा लिदा रहेछन ।भारतीय दुताबासले राजनीतिक दल बाहेक पनि अलि जनतामा भ्रमपूर्ण कुराहरू संपे्रषण गर्ने क्षमता भएका ब्यक्ति र साना साना संगठन हरू लाई पनि पैसा दिएर पाल्दो रहेछ । त्यस्ता साना दल, ब्यकित वा अन्य स्ांगठनहरू लाई दिईने खर्च लाई नेपाल स्थित भारतीय दुतबासले ‘कुत्तेका भत्ता’ शीर्षक भनेर लेखदो रहेछ ।जानकार हरू भन्छन हरेक चार जानाँ नेपालीका बीचमा एउटा रअले परिचालन गरेको ब्यकित घुसेको हुन्छ । “रअ”को काम आफना छिमेकी राष्टमा राजनीतिक उथलपूथल गराउने, राजनीतिक हत्या गराउने जस्ता डर लाग्दा हुँदा रहेछन । नेपालमा भएका ठूला ठूला राजनीतिक हत्या काण्डामा रअको हात रहेको कुरा नेपालीले नबुजेको होईन । सिक्कीम लाई भारतमा गाभने कामहोस वा पाकिस्तान टुक्य्राउने काम अथवा स्वर्ण मन्दीर ध्वम्स पार्ने कार्म होस सबैमा रअको प्रमुख भूमिका रह्योको कुरा यस बिषयमा अलिकती चासो राखने मान्छेले नबुजेका छैननहोला । आजका भारत सरकारका सुरक्षा सल्लाहकार अजित दोभालले पाकिस्तान, सिक्किम स्वर्ण मन्दीका बिश्वास पात्र ब्यक्ति लाई पैसाले किनेर ती बेचिएका मान्छे लाइै प्रयोग गरेर सिक्मिनिल्ने, पाकिस्तान लाई फोडने र स्वर्ण मन्दिर मा आक्रमण गर्ने जस्ता काम भयको कुरा आज सामाजिक सञ्जालमा छरस्पष्ट हेर्न पाईन्छ । । मैले यी सबै कुराहरू कुनै कपोल कल्पना,कसै प्रति रिस उठेर वा कसै सित बदला लिने दुषित मनसायले चर्चा गरीरहेको छैन । आफू स्वयम संयुक्त राष्टबादी मोर्चाको अध्यक्ष बनेर दुई बर्ष काठमाण्डु बस्दा धेरै चीचहरू झट्ट कसैले बिश्वास गर्न नसक्ने तर सत्य भएको पाएँ । चाहे पूर्ब राजाका मान्छे हुन वा बिभिन्न साना ठूला राजनीति दल जहाँ पनि कुकुरको भत्ताको असर देखियो । बेचिएका ब्यक्तिहरूका हातमा सत्ता छनजनि यो राष्टको कुनै पनि क्षेत्रमा बिकास हुँन सक्दैन । जबतक नेपालले अद्र्घऔपनिबशिक अस्थाको घेरा तोडेर बाहिर निस्कन सक्दै तबतक याहाँको अवस्था अलिे जस्तोछ त्यस्तै रहनेछ । वास्तवमा यी कुकूरको भत्ता खाँनेहरू नेपाल लाई डूबाउनै आँटेका छन ।
बिश्वका ठूला शक्तिशाली राष्ट र गरिव कमजोर राष्टका बीचमा हुने सम्बन्धको वास्तबिकता भनेको गाउँका ठूला जमिन्दार रैतिको जस्तोछ । यी ठूला राष्टहरूले कहील्यै पनि चाहेनन साना राष्टहरू पनि बिकास गरेर आफना खुट्टामा उभिन सकुन भनेर । गाउँका ठूला जमिन्दार हरूले सोझा सिदा गाउँले हरूलाई आफना नियन्त्रण भन्दा बाहीर जाँन नदिन धेरै प्रकारका हत्कण्डा अपनाउने गर्दथिए । यदि कुनै जनताको छोराले जमिन्दारले भनेको मानेन भने उसलाई आफनो घरमा बोलाएर पिटनेत्यतिले पनि भएन भने चोरी डँकैतिमा फँसाई दिने गर्द थिए । जव मैले येस्ता कुरा थाहा पाउन थाले त्यस पछि म सोझै जमिन्दार लाई भेटेर जनता लाई दुख दिने कामको बिरोध गर्न थाले । आज भन्दा पैंतालीस बर्ष पहिलेको कुराहो कपिलवस्तु जिल्लाको लवनी गाउँको जमिन्दारले एक जानाँ यादब लाई पटक पटक सतएको कुरा थाहा पाए पछि मैले लवनीको पाण्डेय जमिन्दार लाई भेटेर जनताई दुखदिनु भन्दात गाउँम स्कूल खोलेर जनताका छोरा छोरी पढाउने काम गर्न पर्छ भन्दा जमिन्दारले भने अब यिनी रैतिका छोरा छोरी पढेर शिक्षित भए भने हाम्रो हलो कस्ले जोत्छ । त्यो जमिन्दार बुढाले भने जस्तो सोंच ठूला शक्तिशाली राष्टको सना राष्टप्रतिछ । ठूला शक्तिशाली राष्टले साना र कमजोड राष्ट लाई अँगाडी बडन र बिकास गर्न नदिन धेरै षडयन्त्रका जाल बुनेर फँसाउने गरेका हुँदा रहेछन । राजनीतिक दलका प्रभावशाली नेतालाई किन्ने, देशको बौद्घिक बर्ग लाई किन्ने, सेना प्रहरी प्रशासनमा उपल्लो तहमा पुगेका मान्छे किन्ने, धर्मका नाममा पैसा बाटेर मान्छे किन्ने आई एनजिओका माध्यम बाट पैसा बाटेर मान्छे किन्ने र आफूले चहेअनुर आफनो स्वार्थ सिद्घ गर्न भुकन लगाउने । आज भन्दा लगभग पच्चीस बर्ष पहिलेको कुराहोला अरुण जलबिद्युत योजनाको काम बिश्वबैंकले गर्न लागदा भारतले आफू बाहेक अरुलाई नेपालमा घुस्न दिन नचाहने हुँदा कुत्ताको भत्त थापने हरू लाई भुकन लगायोर बिश्व बैंकले अरुण जलविद्युत योजना बाट हात झिको । आज आएर अरुण जलविद्युत योजनाको काम भारतले गर्दैछ । आज काली गण्डकी डाईभर्सनको बिरोधमा जे जस्ता तर्क सुन्नमा आएकाछन ती सबै आफना आत्माको अवाज नभएर कुकुरको भत्ताले पारेको प्रभावहो ।
अन्तमा किशोरमाबस्थको अल्प ज्ञानमै राजनीतिमा लागेर काम गर्दै अँगाडी बडदै गर्दा जब आफनो देशको महत्वको छिपछिपे ज्ञान हुन थाल्यो त्यस पछि आफना बीर पूर्खाहरूको इतिहास पढने र बुजने क्रममा नेपाल सानै देश भए पनि यहाँ उपलब्ध प्रकृतिक साधन श्रोत लाई राम्रो सित प्रयोग गर्न सक्नेहो भने हामी नेपाली र हाम्रो देश नेपाल बिश्वको एउटा शक्तिशाली राष्ट बन्न सकछ भन्ने बिचारह मन दृढ हुदै जाँन थाल्यो । जल,जङ्गल, जडीबूटी र पर्यटन हाम्र बिकासका आधार हुनेछन भन्ने कुरा पनि बुजन थालियो र संसारको दोस्रो जश्रोतको धनी देश भएका कारणले सर्ब प्रगथम जलश्रोतकै बिषय लाई आगाडी सारेर पञ्चायती शासनकालमै काली गण्डकी डाईभर्सनको बिषय लाई प्रमुख माँग बनाएर आन्दोलनमा उत्रियो । कुरा बुजदै जाँदा नेपालले बिकास गर्न सर्ब प्रथम अद्र्घऔपनिबेशिक अवस्था बाट मुकित पाउन पर्ने रहेछ । यो काम ज्यादै
कठिन पनि रहेछ । हिजो नेपाल लाई अद्र्घ औपनिबेशिक अवस्रुथा बाट मुक्त गराउन पर्छ भनेर साथमा लडेका सहयोद्घाहरू मध्य धेरै जसोले शिघ्र सत्तामा पुगने होडमा जस बाट नेपाल आज अद्र्घ उपनिबेश भएकोछ उसैको दलाली गर्न थाले । कतिपय सहयोद्घाहरू निराश भएर कुण्ठाको पिडा मनमा बोकेर बााचिरहेकाछन । चारै तिर निराशा जनक अवस्था हुँदा पनि यो राष्टको संबृद्घि र शक्तिशाली नेपाल राष्ट नीर्मा गर्ने दशकौ पहिले मनमा बोलेको दियो अजै निभी नसकेका कारणले काली वण्डकी डाईभर्सनको बिषय उठदा पुनः यस योजनको रक्षामा खडा हुन परेकोेछ । मलाई थाहछ सजिलो गरी काली गण्डकी डाईभर्सन हुँन दिईने छैन तर पनि एक दिन काली गण्डकीको पानी अबश्य रुपन्देही कपिलवस्तु र परासीका खेतमा पुनेछ

अघिल्लो समाचार
अर्को समाचार
Comments