दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बुटवल-तानसेन सडकखण्डको सिद्धबाबानजिक पहिरोले बोलेरो जिप पुर्दा एक जनाको मृत्यु, २ घाइते

0

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पान सडक खण्डको सिद्धबाबा नजिक पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै सोमबार साँझ ७ बजेतिर हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा परि अन्दाजी २२ बर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ। अन्य दुई जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ। पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

aataal sement
Comments
Loading...