दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कपिलवस्तु प्रहरीले ४ दिनमा २०७ फरार प्रतिवादीहरु पक्राउ

0

कपिलवस्तु –कपिलवस्तु प्रहरीले ४ दिनमा २०७ फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।कपिलवस्तु प्रहरीले यहि साउन २६ गते मंगलबार मात्र ८१ जना, २७ गते बुधबार–७४ जना, २८ गते बिहिबार–२२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

लुटपाट र जालसाजि मुद्दामा २०५९÷०२÷१६ गते र २०५९÷०३÷३१ गतेको फैसलाले दोषि ठहरिएका २ जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको डि एस पि धर्मराज भण्डारीले बताउनुभयो । बिहिबार सवारी ज्यान मुद्धाका–३ जना, लुटपिट–२ जना, जालसाजि–२ जना, बनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्रिएको डि एस पि भण्डारीले बताउनुभयो ।

त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा २ का सुरज बेल्बासेलाइ पनि पक्राउ गरेको छ । यसैगरी वन सम्बन्धी कसुर गरि जनहि १ वर्ष कैद र २४ हजार ७०७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा१ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । साथै बिहिबार नै ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर पनि गरिएको छ ।

यसैगरी शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि उपस्थित गराईएको छ । जालसाजी–२ जना , सवारी ज्यान–१ जना, लागू औषध–१ जना, कुटपिट –१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादी लाई पक्राउ गरिएको हो ।
शुक्रबार सबैभन्दा बढी पक्राउ पर्नेमा वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडीका रहेका छन् ।

जिल्लामा काम गर्ने उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपछि फरार अभियुक्त पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले जानाकारी दिनुभयो । गत आ।ब २०७७÷७८ को तुलनामा डेढ गुणा बढि फरार प्रतिबादी ४ दिनमै पक्रिन सफल भएको भन्दै एस पि दान बहादुर कार्किले “प्रहरीको मुख्य काम नै ऐनमा उल्लेख भएअनुसारको शान्ति सुरक्षा कायम गर्नु भएकाले प्रहरीले खास प्रहरी कार्य गर्दा यस्तो सफलता देखिएको बताउनुभयो ।

साथै अपराध गरेर समाजलाई दुषित पारेर त्यहिँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर नबस्ने भन्दै अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याएर छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएको उहाले बताउनुभयो ।

अपराध गरेर समाजलाई दुषित पारेर त्यहिँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन बरु अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएका हौँ
एस पि कार्की भन्नु भयो ।

civil bank
Comments
Loading...