कपिलवस्तु । कपिलवस्तु स्थित वाणगंगा ९ चौवहा र कोपिलधाम जोड्ने नदिको कब्जे माथिबाट आएको बाढीले बगाउँदा बेपत्ता भएका पशुपति पौडेलको आज चौथो दिनका दिन हर्दौना भन्ने स्थानमा पौडेलको शव भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
स्थानीयले एउटा शव देखेको भने उक्त ठाउँमा खोजि गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिमरा क्षेत्र भित्र उक्त शव फेला परेको जान्कारी दिएको छ ।
पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो ।
पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिदै गरेको प्रहरीले जान्कारी गराएको छ ।