दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

नेपाल कम्युनिस्ट पार्टी लगायत विभिन्न मोर्चाको संयुक्त पहलमा एमसीसी खारेजको माग गर्दै बेलुन उडाउदैॅ सिटी जुलुस काय्रकम सम्पन्न

0

प्रताव ज्ञवाली ,
कपिलवस्तु भदौ२७

विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आज भदौ २७ गते आइतबार कपिलवस्तु जिल्लाकाे वाणगंगा नगरपालिका चार नम्बर स्थित चाेक बजारमा राष्ट्रघाती MCC को खारेजको माग गर्दै कोणसभा सम्पन्न गरेका छन्। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्न ७ राजनीतिक दलहरुले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका चार नम्बरमा संयुक्त आन्दोलन गरेका छन्।
जिल्लाको बाणगङगा -चार नम्बर चाेक स्थित बजारमा MCC को खारेजको माग गर्दै कोणसभा सम्प्नन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी कमरेड कमल केसिले वर्तमान बिदेशबाट परिचालित सरकारले रास्ट्रघाती MCC सम्झौता पास गर्ने अन्तिम तयारी गरेको छ ,यसैका विरुद्ध देश व्यापी कार्यक्रम घोषणा भएको जनाए । कोणसभामा मन्तव्य राख्दै केसि ले MCC खारेज नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।
उक्त विरोध प्रदर्शन को कोण सभालाई सम्बोधन गर्दै। मसालका नेता छबिलालले यो दलाल संसदीय व्यवस्था ले देशमा गरीब, पीडित,निमुखा सर्वहारा वर्गको हित विपरितको काममा अग्रसर रहेकाे बताएका छन । यो दलाल पूँजीवादको असफलताको कारण आज देशमा अनेकौं किसिमका समस्या र जटिलता उत्पन्न भएको उहाँ बताउँछन् । सरकारको आर्थिक अनियमितता , बेरुजु, भ्रष्टाचार र MCC सम्झौता जस्ता जनताको हित विपरितको क्रियाकलापमा दृढता पूर्वक हाम्रो पार्टीले संघर्ष गर्ने बताउँदै हामीले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको मुक्ति दिन चाहेको र यो समाजवादी आन्दोलन मा हातेमालो गर्न सम्पूर्ण न्याप्रेमी जनसमुदायमा आग्रह गरे

कार्यक्रममा शकर थारु उपस्थित तथा वक्ताहरू मसलाका नेता छबिलाल पाेखरेल नागरिक समाजका अगुवा अर्जुन पाेखरेल ने कि पाेखरेल का जिल्ला सेकरेटेरि कमल के सि लगायत नेता हरुले काेण सभा लाइ समबाेधन गरेकाछन्। पेरु देश का नेता क गाेनजालाे सन् १९९२ पेरु मा पक्राउ परेका र उनकाे जेल मै मृत्यु भएकाेले उहाँ प्रति एक मिनेट मौन धारणा व्यक्त गरेकाछन्।
नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले बिराेध सभा सम्पन्न भएको थियो ।

bijayanagar
Comments
Loading...