दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

अफगानिस्तानमा भोकमरीबाट ८ बालबालिकाको मृत्यु

0

काबुल — अफगानिस्तानका एक नेताले पश्चिम काबुलस्थित ८ बालबालिकाको भोकमरीका कारण मृत्यु भएको बताएका छन् ।पूर्वसांसद् हाजी मोहम्मद मोहकेकका अनुसार अल्पसंख्यक हजारा समुदायका बालबालिकाको यसरी मृत्यु भएको हो । ‘पश्चिम काबुलमा गरिबी र भोकमरीले ८ बालबालिकाको मृत्यु भयो,’ मोहकेकले बताए ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि जनताको जीनस्तर उकास्न उ असक्षम भएको उनले बताए । यस्तै हजारा र सिया समुदायलाई सहयोग गर्न उनले अन्तर्राष्ट्रिय समुदयलाई आग्रहसमेत गरेका छन् ।

तालिबान सत्तामा आएपछि नै यहाँका हजारासहित अल्पसंख्यक समुदाय प्रताडित बन्ने गरेका छन् । यस्तै सिया समुदाय पनि सशस्त्र समूहको निशाना बन्दैआएका न् ।

काबुलस्थित मानवअधिकारकर्मीहरुले तालिबानले अमानवीय दुर्व्यवहार गरेको बताएका छन् । एम्नेस्टी इन्टरनेश्नलले यसै महिनाको सुरुमा तालिबानले अल्पसंख्यक समुदाय हजारामामाथि कसरी नरसंहार गरेको थियो भन्नेबारे रिपोर्ट नै तयार पारेको थियो ।

ठूलो संख्यामा सिया धर्मावलम्वीहरु रहेका हजारा जनताहरु देशभर ९ प्रतिशतमा छन् । अधिकारकर्मीहरुका अनुसार उनीहरु विगतमा युद्धको क्रममा तालिबानद्वारा सताइएका थिए ।

यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि यहाँ तालिबानले सत्ता गरेपछि अल्पसंख्यक हजारा समुदायको जीवनयापनको अवस्था बिग्रेको भन्दै चेतावनी दिएका छन् ।मध्य अगस्तमा तालिबानले सत्ता कब्जा गरेपछि देशमा जीवनयापनको बिग्रेको बिषयमा धेरै अन्तर्राष्ट्रिय समूहहरुले चेतावनी दिएका छन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अधिकांश विदेशीहरुले काबुल छाडेका थिए । तालिबान नेतृत्वको सरकारले भने विदेशी नाकाबन्दी र आर्थिक संकटको सामना गर्न थालेको छ ।

civil bank
Comments
Loading...