दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

अर्घाखाँचीमा एमालेका बागी उम्मेदवार आचार्यले गरे उम्मेदवारी फिर्ता

0

अर्घाखाँची : मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा आचार्यले कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

उनले दोस्रो पटक दोहोरिन आकांक्षा राखेका थिए । एमालेले दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि आचार्यले आफूसँग पाटीले परामर्श नगरको भन्दै असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।

एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको आचार्यले बताए । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल-ओ-ज्यान दिएर लाग्छु,’ उनले भने ।

यसैबीच चार दलीय गठबन्धन भएपछि मालारानीको अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पिताम्बर भुसालले पनि फिर्ता लिएका हुन् ।

भुसालले चारदलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको बताए । चार दलीय गठबन्धनमा ६ वटा वडाध्यक्ष नेकपा एसको भागमा परेको छ । यहाँ जसपा भने गठबन्धनबाट बाहिरिएको छ ।

global bank
Comments
Loading...