सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ

0

रसुवा : ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका९३ धारापानीका ३५ वर्षीय गणेश विक पक्राउ परेका छन् ।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका विक पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

विकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ काशीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Comments
Loading...