कपिलवस्तु : निर्वाचनको मुख कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ५ प्रेमनगर चोक देखी पक्रेटेहा जाने सडक कालोपत्रे भएको छ । साविक राजपुर गाविसको मुख्य सडक कालोपत्रे भए सँगै स्थानीयहरुमा बहस सुरु भएको छ ।
बुधवार प्रेम नगर चोकमा बसेका अधिकांश नागरीकको सडक प्रति चासो देखाएका थिए । उनिहरुको प्रश्न थियो ‘निर्वाचनको मुखमा बनेको सडक दुई महिना सम्म टिक्ला की नटिक्ला’ ?
बुद्धभूमि नगरपालिकाले निकै कमसल सडक निर्माण गरेको नाम नखुलाउने सर्तमा सोही वडाका निर्वर्तमान जनप्रतिनिधिले बताए ।
उनले थपे ‘अहिले फेरी निर्वाचनमा उठेको छु क्यामरा अगाडी बोल्न मिल्दैन । यो कालोपत्रे २ महिना भित्र उप्किन्छ ।’
स्थानीयका अनुसार ठुला गाडी आवत जावत गर्ने सडकको कालेपत्रे भागको मोटाई कम भएको हँुदा सडक नटिक्ने दावी गरे । चुनावको अगाडी बाटो बन्यो भनेर देखाउनको लागि कालो पत्रे गरेको स्थानीयको आरोप रहेको छ । निर्माण गरिएको सडक किनार तर्फको कालोपत्रे कोट्याउदा समेत निस्किने गरेको छ ।