दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

राप्रपाले बाणगंगाका ६ वटा वडामा जित हासिल गर्ने दाबी !

0

कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्लाको बाणगंगा नगरपालिकाका ११ वटा वडामध्ये ६ वटा वडामा आफ्नो पार्टीको राम्रो प्रभाव रहेको दाबी गरेको छ । नेता कार्यकर्ताको उत्साह र सक्रियताले नगरका आधा बढी वडामा राम्रो प्रभाव कायम राख्न सफल भएको राप्रपाका नेताले दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचन आउन केही दिनमा मात्र बाँकी रहदाँ राप्रपाका केन्द्रिय स्तरका नेताहरु समेत जिल्ला भर सक्रिय रुपमा देखिएका छन् । राप्रपाले बाणगंगा नगरपालिकाको मेयर र उपमेयरसहित ११ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले मेयरमा सिता कुमारी थारुलाई र उपमेयरमा डिल्ली शर्मालाई उम्मेदवार बनाएको छ । राप्रपा कपिलवस्तुमा महिलालाई मेयरमा उम्मेदवार गराउने पहिलो पार्टी समेत बनेको छ । यस्तै बाणगंगाको वडा नं. १, ३, ४,९, १० र ११ मा जित हात पार्ने समेत स्रोतको दाबी छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका राजनितिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यहाँ नेकपा एमाले र नेपाली कांग्रेसको प्रभाव बढी छ ।

civil bank
Comments
Loading...